प्रचार र विकास पर्खदै गुप्तेश्वर महादेव
राजधानिबाट मात्र ५६ किमी टाढा पृथ्वी राजमार्ग देखि करीव २ घण्टाको पैदल यात्रामा पुग्न सकिने धादिङ कल्लेरी ९ स्थीत गुप्तेश्वर महादेव गुफा प्राकृतिको सुन्दर ठाउँमा अवस्थित छ । गुफाको गर्भमा इतिहासका अनगिन्ति डोबहरु बोकेर बिकट भिरमा प्रचार प्रसार र विकासको पर्खाइमा छ गुप्तेश्वर महादेव
यो गुफा धादिङ जिल्लाको सुनौला बजार गाबिस र कल्लेरी गाविसको सिमानामा पर्ने एक बिकट भिरमा अवस्थित छ । कल्लेरी ९ को कोर्थोक भन्ने दलितहरुको वस्ति नजिक ढुंगे भिरमा रहेको यो पबित्र स्थल हिन्दुहरुको आरध्यदेव महादेव पार्वतीको पूजा स्थल हो । गुफा भित्र महादेव पार्वतिको एकै साथ बसेको प्राकृतिक मुर्ति छ । शिव पार्वतिको मुर्ति माथी गुफाकै चट्टानबाट पहिले दुध चुहिन्थ्यो पछि पानी चुहिन थाल्यो । गुफा भित्र प्रकृतिक रुपमा नै रहेको खेतको आकार, बन्चरोको आकार, कोटको आकार आदी अनौठा बस्तु र स्थानहरु छन । गुफाको ठिक माथी सुनौला बजार ( धादिङको पुरानो सदरमसकाम) जाने बाटोमा एक ढुगामा पृथ्वीको ग्लोब आकार प्राकृतिक रुपमानै कुदिएको प्रष्ट देख्न सकिन्छ ।
यो गुफा छिर्ने र निस्कने दुबैतिर दुवार भएको गुफा हो । हाल गुफाभित्र छिर्न प्रयोेग भईरहेको बाटो पट्टी ठूलो प्वाल छ भने भित्र गई बायाँ मोडीएपछी गुफा बिस्तारै साँगुरीदै दक्षिणतर्फ लम्बिन्छ जहाबाट बाहिर निस्कने प्वाल भित्र पस्ने प्वालको तुलनामा निकै सानो छ । धार्मिक आस्थाका आधारमा निस्कने प्वाल सानो हुनुलाई पापीहरु निस्कन नसक्ने प्वाल भन्ने गरीन्छ । गुप्तेश्वरमा शिवरात्री र नारीहरुको महान चाड तिजको अवसरमा मेला लाग्ने गर्दछ । तिजमा नारीहरुले महादेबको पूजा गर्छन भने शिवरात्रीमा लाग्ने मेलामा गाईको दुध र दाम्लो चडाउने गरीन्छ । यसो गर्दा गाई ब्याउछ भन्ने मान्यता रही आएको छ । गुप्तेश्वरमा पहिले पहिले ३..४ दिनसम्म मेला लाग्थ्यो दोहोरी गित गाउने दश पन्ध्र समुह हुन्थे । समयको परीवर्तन सगै मेलाको स्वरुप परीवर्तन भई हाल एक दिने मेलनमात्र लाग्ने गर्छ ।
मेलाको अवसर पारेर विषेस गरी वडा न. ९ का बासिन्दाले धार्मिक कार्यको आयोजना गर्ने गरेका छन यहाँ । गुफा बिकट ठाउँमा रहेकै कारण मेला लाग्ने दिन भत्तजनलाई पानी खुहाउन स्थानियहरुले भरपुर सहयोग गर्छन । यसपालीको शिवरात्रिको दिन लगाईएको सत्यनारायण पूजा र शिवपुराण कार्यक्रममा स्थानिय देखि टाढा टाढा बाट आएका भत्तजनहरुले निकै उत्साहकासाथ सहभागिता जनाएका थिए ।
नेपालको पहाडी भेगमा रहेका धार्मिक तिर्थ स्थलहरु जस्तै मनकामनामाई, गोसाईकुण्ड, तातोपानी, लगायतका स्थानहरुको जुनरुपमा प्रचार पसार गरीयो र आज त्यस ठाउमा धार्मिक पर्यटकको ओईरो लाग्ने गर्छ । गुप्तेश्वर पनि त्यस्तै आन्तरीक तथा बाह्य धार्मिक पर्यटकको प्रचुर सम्भावना बोकेको धार्मिक स्थल हो । आगामी दिनमा यो ठाउँको प्रचार प्रसार र विकास गर्ने उदेष्यले हालै गठन गरीएको हाम्रो गुप्तेश्वर प्रचारप्रसार तथा विकाश मञ्चले आगामी केही वर्षभित्र यो ठाउँको बारेमा देश भित्र र विदेशमा पनि प्रचार प्रसार गरी उत्तठाउँको विकास गर्ने लक्ष्य लिएको छ । नेपालमा पर्यटन वर्ष २०११ जस्तै बिभिन्न कार्यक्रमहरु आयोजना हुँदा प्रचार प्रसारको अभावमा रहेका गुप्तेश्वर जस्तै अन्य ठाउँको बारेमा पनि हामी सबैको ध्यान जान सके धार्मिक स्थलको भ्रमण, आन्तरी तथा बाह्य पर्यटनको प्रवर्धन भन्ने नाराले पूर्णता पाउथ्योकि ?
सरोज खनाल
अध्यक्ष हाम्रो गुप्तेश्वर प्रचारप्रसार तथा विकाश मञ्च कल्लेरी ९ धादिङ

No comments:
Post a Comment