Friday, June 21, 2013

जिबनी

अलबिदा प्रेम सर...
                  
           जेठ २५ गते शनिबार प्रेम भण्डारी (प्रेम सरको) निधन भएको खबरले स्तब्ध बनायो । मेरी आमाले फोन मार्फत  यो खबर सुनाउनुभयो । प्रेम सर मलाई क, ख सिकाउने गुरुमात्र नभएर मेरो बचपनका नायक थिए । एउटा गाउँमा आवतजावत भइरहने व्यक्ति त यसै छँदै थिए । उनको मृत्युले मेरो मनमा जति आघात पुरायो  म महसुस गर्न सक्छु उनको परिवारमा यो आघात कुन हदसम्म परेको होला भनेर ।
 
              धादिङ कल्लेरी गाविस वडा नं. ९ जसलाई मूलाबारी भनेर चिनिन्छ, त्यही छ श्री धादिङ निमावि । मैले यही स्कुलबाट कक्षा आठ उत्तीर्ण गरेँ र अर्को स्कुल गएँ । आठ÷दस वर्षको साइनो छ यो स्कुलसँग मेरो । त्यही स्कुलका हेडमास्टर थिए प्रेम भण्डारी (प्रेम सर) । १-२ कक्षासम्म म मूलावारी हरेटारबाट स्कुल जाने गर्थेँ पछि बेसी झरियो तब प्रेम भण्डारी सर गाउँमै बस्थे । पछि उहाँहरु पनि (सेरा) बेसी झरेपछि मेरो घरकै बाटो स्कुल जाने÷आउने गर्न थाले उनी, अनि म पनि त्यही बाटो । म खाना खाएर स्कुल जाने तरखरमा लागिरहँदा प्रेम सर मेरो घर आइपुगिसकेका हुन्थे उनी विद्यार्थीसँग प्रायः कमै हिँड्थे किनकि सबै विद्यार्थी उनीसँग डराउँथे, मजस्तै ।उनी गाउँमा जन्मे÷हुर्केको र गाउँकै स्कुलमा मास्टरी गर्ने भए पनि गाउँलेजस्तै देखिँदैन थिए । लवाइ आदिका कारण पहिलोपटक भेट्नेले सहरिया नै भन्थ्यो उनलाई । उनी हरेक दिन कपडा बदल्थे, त्यसमा पनि राम्रा र महँगा लाग्ने कपडा लगाउँथे । जुत्ता त्यस्तै ठूलो र सफा अनि हामीले गाउँमा देख्दै नदेखेको लगाउँथे । घाँटीमा सुनको सिक्री लगाउँथे, कपाल अलि लामो र चिल्लो थियो । यिनी सधैँ अत्तर छर्केर हिँडथे । बाटोमा प्रेम सर अगाडि गइसक्दा पछाडि अत्तरको बासना छोडिएको हुन्थ्यो । अझ भनौँ बाटो पूरै बास्ना आउँथ्यो ।
 
                २०५० सालभन्दा पहिले कुरा हो । जब पृथ्वी राजमार्गमा बिजुली थिएन, हाम्रो गाउँमा हुने त कुरै भएन । धादिङ सदरमुकाममा समेत मधुरो बल्ने बिजुली छ भन्थे । हामी गोठालो जाँदा डाँडा तिरबाट रोड देखियो भने आउने जाने गाडी गनेर बस्थ्यौँ । गाउँमा विकास पुगेकै थिएन, किसानहरु तरकारी पनि राम्रोसँग फलाउँदैनथे, दूध भने आदमघाटमा अलिअलि बिक्थ्यो । मेरो आफ्नै कुरा गर्ने हो भने मलाई पाउरोटी र चिया खान पाउँदा स्वर्गै पुगेसरह हुन्थ्यो । त्यो ग्रामीण परिवेशमा ६ फुट अग्ला प्रेमसर सबै गाउँलेका नायक थिए र मेरा पनि । उनलाई सबैले चासो दिएर हेर्थे, किनकि ग्रामीण भेगमा सबै मैलाकपडा लगाउँथे, खुट्टा फुटेको हुन्थ्यो सबैको, यिनी सुकिला हुन्थे, चिल्ला पैताला थियो यिनको । हरेक व्यक्ति कोही न कोहीबाट प्रभावित हुन्छ म प्रेम सरबाट प्रभावित थिएँ, उनी मेरा नायक थिए ।
 
                     आजका बच्चाहरु टिभी हेर्छन् । उनीहरुले राजेश हमाल देख्छन् र आफ्नो मनमा उसैलाई ठूलो नायक या त्यस्तै कुनै दबंग किसिमको मान्छेबाट प्रभावित हुन्छन् । हामी बच्चा छँदा प्रेम सरलाई खेख्यौँ प्रेम सरजस्तै हुने इच्छा जाग्यो, हामीले प्रेम सरलाई नै आइडल ठान्यौँ । म ६, ७ क्लास पढ्दा स्कुलमा वा गाउँघरमा प्रेम सरका विभिन्न किस्सा सुन्ने र सुनाउने गथ्र्यौँ । ती किस्साहरु यस्ता हुन्थे । प्रेम सर स्कुल पढ्दा स्कुलमा सबैभन्दा हेन्डसम थे रे । प्रेम सरले खेलकुदमा भाग लिए भने सबै केटी उनकै सपोर्ट गर्थे रे । जिल्लामा त्यतिवेला हुने वीरेन्द्र शिल्ड खेलकुदका नायक हुन्थे रे उनी । ज्याविन थ्रो भन्ने लामो भाला फ्याँक्नेमा माहिर थिए रे उनी । एक तरिकाले भन्ने हो भने हामी त्यतिखेरका दिनहरु आफ्ना नायक प्रेम सरको कुरा गरेर दिन बिताउँथ्यौँ ।
 
स्कुल पढ्दाको सम्झना.....
मूलाबारीमा कक्षा ८ सम्म पढाउने स्कुलका लागि त्यहाँ स्थानीयहरुले ठूलो योगदान गरे । त्यही योगदानको फल भनौँ म त्यो स्कुल पढुन्जेल ठूलो चहलपहल थियो त्यो गाउँमा सायद आज पनि होला । खेलकुदमा विशेष गरी भलिबल खेलिन्थ्यो । मलाई सम्झना भएसम्म मैले मूलाबारीमा भलिबल, भुत्याहाको दहमा पौडी र कक फाइटबाहेक केही खेलिन हुँला । सानो कक्षामा छँदा भलिबल खेल्ने कुरै भएन सात र आठ पढ्दा खेलिन्थ्यो । भलिबल एक बजेको खाजा समयमा बढी खेलिन्थ्यो । भलिबल म्याचमा पनि नायक नै थिए प्रेम सर । उनी विशेष गरी सट हान्ने ठाउँमा बस्थे, अग्लो भएकाले खासै उफ्रिँदैनथे उनी सट हान्दा । अरुले भन्थे– प्रेम सरले लोपर्छन् । प्रेम सर भलिबल खेल्दा आफ्नो  उभिने ठाउँमा घेरा बनाउँथे र भन्थे यो भित्र न आउनु । यसको मतलब थियो यदि कोही घेराभित्र गयो र प्रेमसरको जुत्ताले टेकियो भने उसको खुट्टो रहँदैनथियो । यसबाट पनि प्रस्ट हुन्छ, उनी कति हाइटका थिए र कस्ता थिए भनेर ।
 
                                  मलाई आज लाग्छ कि म सात कक्षामा पढ्दाताका प्रेम सर त्यो एरियाका प्रख्यात व्यक्ति थिए, हरेक बच्चाको नायक मेरोजस्तै । प्रेमसर यो ठाउँमा त्यति प्रख्यात हुनुमा उनका बुबा बखतबहादुर भण्डारीको पनि ठूलो हात छ । बखतबहादुर भण्डारी एक असल व्यक्ति र समाजप्रति सदा सकारात्मक रहने र हरपल समाजसेवामा लागिरहने व्यक्ति हुन् । पहिलेदेखि नै बुबाको नामले पनि समाजले अलि महत्व दिने प्रेम सर स्कुलमा हेड मास्टर बनाइँदा सायद बखतबहादुर भण्डारीको छाती गर्वले फुलेको थियो होला । समय क्रममा प्रेम सरले एउटै गाउँकी मैया श्रेष्ठसँग अन्तरजातीय प्रेम विवाह गरे । स्कुलनजिकै मैया दिदीको घरमा उतिखेर ठूलै चहलपहल हुन्थ्यो । गाउँमै एकमात्र कपडा पसल थियो । आउने–जानेहरु प्रशस्तै हुन्थे, तीमध्ये प्रेमसर विशेष भइदिए र उक्त पसल घरकी जेठी छोरी मैयासँग विवाह गरे । प्रेम सरले विवाह गर्दा म गाउँकै स्कुलमा पढ्थेँ कति सालमा हो याद भएन । गाउँमा त्यो अन्तरजातीय विवाहले ठूलै तरंग ल्यायो, गाउँलेहरुले भने प्रेम बाबुले पनि खै के गरे ? अन्तरजातीय विवाह गरेर पनि प्रेम सरको घरमा त्यति समस्या देखिएन किनकि उनको परिवार समझदार र समयसँग साथसाथ हिँड्न सक्ने खुबी राख्थ्यो, त्यसैले होला सायद ।
 
                         म आठ कक्षातिर पढ्ने वेला अलिअलि याद आउँछ । प्रेम सर कहिलेकाहीँ रक्सी पिएर घर आउँथे, यो कहिलेकाहीँ देख्न पाइन्थ्यो । एउटा स्कुलको हेड मास्टर साथीभाइले यसो रमाइलो गरौँ भन्दा पछि नपर्नुलाई गलत रुपमा लिनु त भएन । विस्तार म पनि स्कुलका कक्षाहरु उक्लँदै गएँ, आठ कक्षा पास गरेपछि आदमटार पढ्न गइयो, तैपनि प्रेम सर मेरै घरको बाटो आउने जाने गर्थे, दिनदिनै भेट हुन्थ्यो ।प्रेम सर कहिलेकाहीँ राति घर फर्कन्थे गाउँबाट अधेँरी रात हुँदा मेरै घरमा आएर खोयामा मट्टितेल हाल्न लगाउँथे र त्यही बालेर खोला तरेर घर जान्थे । यही क्रममा कहिलेकाहीँ म आफैले मेवाको डाँटमा  मट्टितेल हालेर बत्ती बनाइदिने गर्थेँ । प्रेम सर यसलाई आफ्नै भाषामा म्याटलाइट भनेर जिस्किन्थे । अर्को दिन फेरि अँध्यारोमा आउँदा ओए... म्याटलाइट बनान् भन्थे । म बनाइदिन्थेँ । समयक्रममा पेम सर विस्तारै अलि बढी पिउने भए, गाउँमा फेरि उनकै चर्चा चल्यो, प्रेम बाबुले यो गरे ?
 
प्रेम सरले फड्को मारेनन्, किन ?
 
शिक्षक र विद्यार्थीको नाता मात्र नभएर प्रेम सरले मलाई सधैँ कुनै न कुनै हिसाबले विशेष सोच्थे । मलाई केही गर्ने हौसला दिन्थे, मप्रति मात्र नभएर मेरो परिवारप्रति पनि उनले सधैँ सहयोग र समर्थन गरे । मैले स्कुलमा थोरै केही गल्ती गरे पनि घरमा मेरो आमालाई भनिदिन्थे उनी । पछिल्लोपटक लीलालाई सेराको स्कुलमा टिचर राख्न कयौँपल्ट घरमै आएर कुरा गरे यिनले । सकारात्मक थिए उनी सबैका लागि मेरा लागि मात्र होइन । तर यति सकारात्मक सोचका धनी समय भएका बेलैमा एसएलसी पास गरेका भलाद्मी परिवारमा जन्मेका यिनले प्रगति त्यति गर्न नसक्नुको कारण के ?
 
                  प्रेम सरले जब एसएलसी पास गरे ग्रामीण भेगमा त्यो वेला एसएलसी ठूलो थियो । गाउँमै बुबाको राम्रो नाम थियो । त्यतिखेर पढ्ने मान्छेले प्रायः मास्टरी गर्थे, त्यही नै सबैभन्दा राम्रो र भलादमि पेसा थियो । अनपढ गाउँमा मास्टर हुनु सानो कुरा थिएन । गाउँलेले प्रेम बाबुलाई आफ्नै गाउँको स्कुलमा मास्टर बनाए र सोचे अब गाउँका बच्चाले पढ्नेछन् ।हो, गाउँका बच्चाले सके जति पढे, त्यो श्रेय प्रेम सरलाई नै जान्छ । हो मलाई लाग्छ, यही मास्टरी जागिरले प्रेम सरको खुट्टा समाइदियो । प्रेम सरका पाइला गाउँको गाउँमै छोटाछोटा फड्कामा चाले, उनले गाउँबाट बाहिर लामो पाइला चाल्न पाएनन् । ऊबेला काठमाडौँ बिरानो थियो, टाढा थियो, हाम्रा गाउँका मानिसका लागि । चिनजानेका कोही थिएनन् यता । प्रेम सरको पाइला गाउँमै खुम्चियो । पढाउन थाले, जागिर भइगयो, पैसा आइहाल्यो । त्यहाँ अरु गर्नु नै के थियो र ? वास्तवमा गर्नु धेरै थियो । उनी गाउँबाट कमसेकम सहर पसेका भए त्यो शरीर त्यो रुपले केही न केही गरेरै छाड्थ्यो सायद आज दुई–चार लाख नेपालीले चिन्थे उनलाई । कुनै न कुनै रुपमा तर त्यो भएन, उनी मूलाबारीमै गुम्सिएर बाँचे । मूलाबारीले यिनलाई विस्तारै आफै जस्तै बनायो । आफैसँग हिँड्न सिकायो र आज तेही मूलावारी र तेही  मास्टरीले खायो प्रेम सरलाई ।
 
                   हुनतः यो दोष उनमा पनि जान्छ । आफुले  आफुलाई चिनेनन् होला । धेरैले चिन्थे होला, थोरैले चिने जतिले चिने राम्ररी चिने, पछिल्लो समय जे–जस्तो परिस्थितिमा गुज्रे पनि हामीले उनलाई र उनको त्यो धारणालाई नकारात्मक रुपमा लिनु कदाचित राम्रो होइन, किनकि उनी जस्तो वातावरणमा घुलमिल भए यसको अन्तिम परिणाम यही हो । कम उमेरमा नै भगवान्का प्यारा भए उनी, उनको आत्माले चिरशान्ति पाओस् (अलबिदा प्रेम सर) ।
 
बिर्सने छैन.....
                        बिर्सने छैन मैले तपाईंको त्यो बुट्टे सट, कालो जुत्ता र बुलबुले कपाल । बिर्सने छैन मैले स्कुलमा सिँगान पुछिदिएको र कटुको इजार बाँधिदिएको । बिर्सने छैन मैले हात समातेर क,ख लेखाएको । बिर्सने छैन, भलिबल खेलेको । बिर्सने छैन, तपाईंसँग ट्युसन पढेको । बिर्सने छैन, मैले मेरो नायकलाई । मैले मात्र होइन तपाईंलाई बिर्सने छैन पहरेपानीले, सारघारीले ,एकल डाँडा अनि काली थानले । सुनेको थिएँ तपाईंहरुले नै लगाएको रे काली यानमा समी, बिर्सने छैन त्यसले । बिर्सने छैनन्, ती सबैले जसलाई तपाईंले मलाई जस्तै माया दिनुभो र पढाउनुभो पखेँटा हालिदिनुभो, जिवनको । बिर्सने छैन, त्यो स्कुलले तपाईंलाई । बिर्सने छैनन् सारा सहयात्रीहरुले, डाँडाकाँडाले, वनपाखाले, छरछिमेकले, नातागोताले । ती बाटोहरुले खोजिरहनेछन् तपाईंका पाइलाहरु । सुनेको थिएँ, भगवान्को घरमा पनि राम्राहरु चाँडै जान्छन् रे, सायद त्यस्तै भयो । सम्झने छौँ सदासदा बिर्सने छैनौँ ।...इति....
 

Tuesday, June 18, 2013

तर्क

 -यो के भयो ?
जसुकैले जे जे जरिभाषा गरेपनि आत्मसन्तुष्टि र पे्रमको न्यानो बन्धनलाई यथार्थको उचाईदिने बन्द कोठाभित्रको तपाईको कसैसंगको आत्मियताको त्यो स्वर्णिम पललाई कसैले सडकमा छताछुल्ल पारीदियो यो के भयो ?  

तपाईले भिडियोमा बोल्नु भएको भाषाले यो पष्ट्याउछ की तपाई नेपाली समाजकी साभारण केटी होइन । मतलब चुला चौका र वनपाखामा रुमल्लिरहेका नेपाली महिलाहरुले तपाईले जस्तो अंग्रेजी बोल्न पक्कै जान्दैनन् । यसले के देखाउँछ भने तपाईको परवरिस पक्कैपनि राम्रो परिवारमा भएको छ । तपाईले कुनै राम्रै स्कुलमा पढ्नु भएको होला । तपाईले अभिनय गरेका कति चलचित्रहरुमा तपाई रुँदा रुने र साहसिक काम गरेको देख्दा घाँटीतन्काएर जिब्रो टोक्ने अबस्थाका नेपाली महिला माझ तपाईको यो करतुते के सन्देश देला?

नेपाली चलचित्र क्षेत्रमा आबद्घ तपाई जस्तो नारीको त बजारमा यसरी राता रात ब्लु भिडियो आउँछ भने,अशिक्षित केटीहरुका यस्ता कति भिडियो जान अन्जानमा बजारमा छ यसको हेक्का छ तपाईलाई? चलचित्र क्षेत्रमानै आबद्घभएका कारण तपाईलाई सायद याद होला हिन्दिमा बनाईएको रामायण सिरियलमा सीताको भुमिका निभाउने केटीलाई सबैले वास्तविक सीताकै उपमा दिए । पछी अरु पर्दामा देखीकै कारण उनि आलोचित भईन । तपाईजस्तो नाम चलेको मान्छेको ब्लु भिडियो कोठामा टिभि, कम्प्यूटर वा फोनका सेटहरुमा आज चर्चाको बिषय छ यसले आम मान्छेको मनमा तपाई प्रति के बिचार उठ्ला ?

हाम्रो भन्नु यो होइन की तपाईले सेक्स किन गर्नुभो ? तपाई हुर्कनु भएको छ शारिरीक अंगहरु त्यसरीनै बिकसीत भएका छन जसरी हुनुपथ्र्यो। बिकासको क्रममा ति शारिरीक अंगहरुले केही न केहीत माग गरीहाल्छन यसमा कसैलाई आपत्ति के ? कामको तनाबले,शारिरीक आवगश्वकताले तपाईले सेक्स गर्नु जरुरी पनि हुन सक्छ , तर  यो त कुनै तरीका भएन की तपाई जत्तिको पढेलेखेको मान्छेको यस्तो भिडियो ख्याल ख्यलमै बजारमा आवोस सेक्स गर्दाको बखत ख्याल ठट्टामानै सही खिचिएको भिडियो तपाईको विश्वास पात्रको लापरबाहीले बजारमा आवोस । भिडियोमा तपाईको हाउभाउ हेर्दा यो तपाईको पहिलो सेक्स होइन र तपाई डिजिटल क्यामरा वा अन्न्यकुनै भिडियो खिच्नसकिने साधनहरुसंग अपरिचित मान्छे पनि होईन। यदी यस्तो हो भने ति सामान हरुको उपयोगिता र दुरुपयोगको बारेमा थोरैतिनो ज्ञ्यान पक्कै थियोहोला । यहाँ ताजुकको कुरा यो छ कि तपाईले साधारण सावधानी अपनाउने कोशीस सम्म गर्नुभएन । त्यो कसरी भने कोठामा एक ब्यक्ति (जसलाई तपाईले त्यति ठूलो बिश्वास गर्नुभएको छ) क्यामरा लिएर यो कपडा खोल र त्यो कपडा खोल भन्दैछ र तपाई त्यही गरीरहनु भएको छ जे उसले भन्दैछ । सन्तुष्टिका लागी क्यामराको प्रयोग पक्कै जरुरी थिएन । ओके खिचियो। तर क्यामरामा खिचिएको उक्त दृष्य डिलिट गर्न मिल्छ भन्ने कुरा के तपाईलाई ज्ञान थिएन ? भिडियो खिचिरहँदा अनुहारमा लगाइएको माक्सले यसलाई सिनेम्याटीक बनाउन खोजिएको प्रष्ट हुन्छ । र खिच्नुको उदेष्य थियो आम मानछेमा ल्याउनु ।

तपाई जस्तो सय पचास जनाले चिनेको मान्छेले सेक्सका लागी जुन ठाउको छनोट गरेको देखीयो यसले पनि सेक्स सम्बन्धि जानकारहरुमाझ कयौ प्रश्न उठाएको छ । भिडिमोमा पटक पटक हर्न बजेको आवाज सुनिन्छ मतलब यो सडक देखी टाढाको स्थान होइन । घरपालुवा कुकुर कराएको आवाज सुनिन्छ मतलव मान्छेहरुको चहल पहल भइरहेकै ठाउमा काम फत्ते गरीदैछ । यहाँसम्मकी सम्भोगकै बेला कसैले ढोका ढकढक्याएपछी हतपत उठेको देखिन्छ । कोही अशिक्षित महीलाले मेला पात र घाँसदाउरा गर्ने क्रममा आफुलाई छताछुल्ल बनाए जस्तै यस्तो असावभानी किन ? की तपाई यही भन्न चाहनु हुन्छ (ओ जी जब प्यारकिया तो डरना क्या?)   
 जिबित प्राणीहरुमा शारीरीक संभोग अत्त्यवसेक छ । वंश परम्परालाई निरन्तरता दिने यो एउटा नियमित प्रकृया हो । मानव जातिमा शारिरीक संभोग वंश परम्परालाई निरन्तरता दिने र तनाव वा खुसीको बेला ब्यक्तिको बिचारलाई सुन्न्यमा परिणत गर्ने माध्यमको रुपमा पनि लिइएको छ । ओसोको भनाईमात सम्भोग ईश्वर प्रप्तगर्ने एउटा माध्येम हो । उनि थप्छन प्रेमको अन्तिम रुप संभोग नै हो । प्रेमबाटै परमात्माको प्राप्ति हुन्छ ।

एउटा केटा वा केटी जवान हुदै गएपछी शारिरीक संभोग शरीर र समय दुबैको माग हुन्छ । मान्छेमा मात्र होइन, पशुहरुमा पनि आफ्नो चेतनाले भ्याएसम्म वा मान्छेको नियन्त्रणमा रहेरैपनि संम्भोगको आवस्यकता र ब्यबहारीकतालाई बुझेका छन । हामीले पशुले शारिरीक संम्भोग गरीरहेको देखेका छौं देखेका मात्र होईन गाई, भैसी,बाख्रा वा कुखुरा जस्ता घरपालुवा जनावारहरुलाई शारिरीक संम्भोग गराउन लागिपरेका पनि छौ ।गाउघरमा कयौ युवति र बिबाहित महिला ले भैसीलाई राँगो लगाई रहदा कतिपल्ट राँगोको लिङ्ग हातले भैसीको सुतसम्म मिलाई दिएको देखेका छौ हामीले । यो स्वभाविक हो जसमा अनौठो मान्नुपर्ने केहीछैन । तर हामी मानव जाती भएकैं कारण धेरैकुरामा झुटै सही सामाजीक परिवेषको आवरण लगाईदिन्छौ । र अवस्य हामीमापनि त्यो अन्तरनिहित ब्याबहर छ नै । हामीलाई मान्छे मान्छे बिचको शारिरीक संम्भोग असहजनै लाग्छ ।

सायद पश्चिमी मुलुकमा जहाँ मान्छेहरु नाङ्गिने कसरत गर्दैछन त्यहाँभइदिएको भए कुरा अर्कै हुने थियो ।  यो घटनामा तपाईलाई प्रयोग गरीयो । घटनालाई अन्जाम दिने त्यस्तो ब्यक्ति को थियो ? जसले तपाईलाई एकै कोठामा सुत्न र सैक्स गर्ने सम्मको विश्वास पात्र बनायो र एक दिन नियोजित ढंगले सेक्सगररिहँदा खिचेको भिडियो आम मान्छेमाझ ल्याईदिएर तपाईको चरित्र हत्त्या ग्यो ।  
अब जे हुनु थियो त भैनै सक्यो । पश्चातापको अग्निमा आफुलाई जलाउदा तपाई प्रति दुष्कर्म गर्नेले झनै उदण्डताको आँच पाउछ । गल्ति कहाँ भयो र कसरी भयो भनेर छानबिन गर्नतिर लाग्नु भन्दा तपाईको चरित्रमाथी खेलबाड गर्ने उसको नियतनै थियो भने उसलाई यस्तो कारबाही गर्ने पहल गर्नुस जसलाई देखेर कुनैपनि केटाले बिश्वासको आडमा नारीको चरित्रमाथी खेलबाड नगरोस र सेक्सलाई सेक्सकै भावना र महत्वको आधारमा बिचारमा उतारोस अनि ब्याबहारमा उतारोस न की ब्यापार संझेर चोक र गल्लिहरुमा ब्यामरा लिएर यसकै खोजीमा हिडोस ।

यात्रा

 बलाजु देखी रत्ननगर सम्म
 स्मृतिको पाना जिवन भोगाईका अनुभव समेटीएको एउटा चलचित्र मात्र हो जस्तो लाग्छ । पाना पल्टाएर हेर्दा अनेक घटना र परीदृष्यहरु आँखा अगाडी छुनुमुनु गर्न थाल्छन । कोही आपैm हिडेको गतिमा अघि बड्छन, कति मोटर गाडीले हुइँक्याएको गतिमा हुइँकिन्छन, त कति हवाई जहाजले बादलका थुम्काहरु नाग्दै निलो आकाशमा कुदाएको गतिमा घुमिरहन्छ मनुष्यको चेतनाको केन्द्रबिन्दुमा अवस्थित स्मृतिको चक्का । यहाँ हरेक बिहान यक्कालाई गतिदिन बिउँझन्छ र रातको अन्धकारमा झिरझिर गर्दै सानातिना ताराहरु चम्किरहन्छन् । सायद यही जिवन हो । जिवनको यथार्थ यात्राको  एक सस्मरण हो जस्तो  पनि लाग्छ ।

यात्रारुपी जिन्दगिलाई निरन्तरता दिने क्रममा पुस २८ गतेकालागि एउटा निम्तो पाएँ । निम्तो गामबेसीको खबर पत्रिकाका प्रधान सम्पादक के पि किरण दाईले ब्यक्तिगत रुपमा गर्नुभएपनि यो गामबेसीको खबर पत्रिकाको सस्थागत निम्तो पनि थियो । निम्तो मान्न काठमाण्डौबाट जानु पर्ने भो चितवनको रत्ननगर जुन गामबेसी खबर पत्रिकाको उद्गम स्थल हो र मौका रत्ननगर महोत्सवको पनि थियो । पुस २७ देखी माघ ५ गतेसम्म चल्ने उक्त महोत्सव हेर्न मन पनि बडो उत्साहित थियो ।
 
काठमाण्डौको बालाजु देखी कलंकी सम्म स्थानिय माइक्रो बसको साहारा लिनु मेरो बाध्येता थियो । करीक ११ बजे टाँडीसम्म जाने माईक्रो बसको पछाडीको सिट पाउँदा पनि खुसीनै लाग्यो । बिस्तारै माईक्रोले गति लियो । काठमाण्डौको चिसो बिहान, कलंकीको कोलाहालमय वाताबरण बिस्तारै पछाडी छोडीन थाले । आँखा अगाडी कहिल्यै नदेखीेका त होईनन् तैपनि नयाँ दृष्यहरु घुम्नथाले । गाडी नागढुगाबाट बिस्तारै ओरालो लाग्यो । पुसको बरीब करीब अन्त्य भएर माघ लाग्न लागेको मौसम मध्येदिन भईसक्दा पनि राम्ररी खुलेको छैन वाताबरण वा भनौ आकाश तिर हेरेर पानिपो पर्छक्यार भन्नुपर्ने घुरमाईलो लागिरहेछ । देशको राजधानी काठमाण्डौ भित्रने एकमात्र सडक जहाँ मुस्किलले दुई गाडीहरु साईड दिन्छन त्यसमाथी पनि खानीखोला देखी माथीतिरको उकालोमा बिग्रीएर बसेका कयौ मालबाहक ट्रकहरुले यो क्षेत्रमा गराउने गरेको ट्राफिक जाम आम मान्छेका लागी सामान्य लाग्न थालीसकेको छ । निरीह यात्रीहरु भोक र रोगले सताईएर जाममा बसीरहँदा यो देशको सरकारलाई पनि सम्झदा हुनन सायद ।

माईक्रो बसको गतिलाई सडकका खाल्डाहरुले अनियन्त्रित गराई दिन्छ । पृबी रजमार्गको विसेष गरेर बेल्खुदेखी काठमाण्डौ भित्रयाउने बालुवाका टिफरहरुले एकछत्र चुहाएका पानीका कारण पिच सडक आज कही खाल्डा र कही ग्य्राबिल मात्र बाँकी रहेको देख्दा जो कोही नेपालीले एकपटक यहाँको ब्यबस्थाको बिरुद्दमा नै सोच्ने गर्दछन । निश्चित ब्यक्ति हरुले पैसा कमाउनका लागी सर्वजनिक स्थलको यस्तो दुरुपयोग गरीनु कति सम्म उचित होला र बिभिन्न सडक खण्डमा सवारीसाधन बाट उठाईएको कर कहाँ र कुन प्रयोजनका लागि प्रयोग भईरहेको होला के त्यसको जवाफ छ कोही सित ?
सडक किनारमा धमाधम बालुवा धोईरहेका फिरफिरेहरु प्रसस्तै देख्न पाईन्छन आजभोली त्रिशुली नदीका छेउछाउ । अबैध रुपमा सन्चालनमा रहेका यस्ता उद्योगहरुका कारण सडक किनारामा पानीका खाल्डाहरु बढीरहेका छन भने उद्योग सञ्चालक र तिफर ड्राभरहरुको मिचाह प्रबृतिका कारण सार्बजनिक सडक अब ब्याक्तिगत प्रयोजनका लागी प्रयोग भईरहेको महसुश हुन थालेको छ ।
आँखा अगाडी रामार्गका छेउमा अवस्थित साना साना स्थानिय बजारहरु आउछन र छोडीन्छन् । ति बजारहरुलाई झोलुङ्गे पुल र तुईनका लठ्ठाहरुले गाउँसंग जोडका छन । त्रिशुली पारी लमतन्न परेका सुख्खा टारहरु हिउँदमा सुकेर खग्रास देखिन्छन । टारको पुछारबाट त्रिशुलीनदी गडगडाउँदै बग्छे । यो टार भने नदीको छेउमा प्यासी जिवन बिताउन बाध्य छ । यो सदियौ देखी प्यासी छ । यस्तैमा मलाई एउटा हिन्दी गजलको याद आउछ । गजलसम्राट जगजित सिह को स्वरमा रहेको उक्त गजलले यस्तै प्यासलाई दर्शाउन जसलाई नेपाली म यसरी बुझ्छु ः       
समुन्द्रले मलाई प्यासीनै राख्यो
जब म शहरमा थिएँ त प्यासी थिईन ।

राजमार्ग नबन्दा यीनिहरु शान्त थिए । आजकल थोरै हलचल त बढेकै छ तर सुन्दर नारी आमा बन्न नसकेर पिडा बोधमा डुबेझै आफुमा प्रचुर उर्बरा शक्ति भएरपनि आकाशमा बादलको मुख ताकेर बस्नु परेकोमा टारका पाटाहरु कित आफुलाई अभागी सम्झदा हुन कित त्रिशुलीलाई सरप्दा हुन ।
धुलो उड्दो छ माईक्रो हुइँकिदो छ । त्रिशुली नदी सुसाएको तालमा ताल मिलाई म पछाडीको सिटबाट त्रिशुली तर्ने झोलङ्गे पुलहरु हेर्दै तुइनका लठ्ठाहरु हेर्दै,सुसेलीमा गाई रहेछु
सलल बगेर जाने त्रिशुली नदीले हेर
बगाई ल्याएछ बरै सालकोपात बिचैमा च्यातेर
 
गाडीमा भने कृष्णहरी बरालका शब्दहरु गुञ्जिरहेछ । सबैको ध्यान त्यही गिततिर छ । लेख्न पनि कृष्णहरी बरालले देश भक्ति र प्रेमलाई समेटेर लेखेको यो गित मैले पनि गुनगुनाउने गरेको गित हो ।
 यहाँ देशको छ चिन्ता तिमी मायाँ मायाँ भन्छौ
 साँच्चै नबुझ्ने हौ की न बुझ्ने जस्तै बन्छौ
सबै नेपालीहरुको मनमा देश प्रति यस्तै चिन्ता भैदिएको भए हाम्रो सुन्दर देशको अबस्था आजको जस्तो पक्कै हुने थिएन होला ।
 बस मलेखुमा रोकिन्छ खाना खान । राजमार्गका होटेलहरु यात्रुहरुको सुबिधाका लागि भन्दा पनि ड्राईबरहरुको कमाई खाने भाँडो जस्तो लाग्छ मलाई । हामी यात्रुहरु निरीह बनेर खाना खाईन्छिौ । खाना मिठो होस या नहोस मतलब त मात्रै पैशा संग छ । मलेखुलाई माछाको लागी प्रख्यात ठाउ मानिन्छ । सायद यहाँ पहिले त्रिशुलीको ताजा माछा खान पाईन्थ्यो होला आज त्यही खोलओडेर मलेखुमा माछा बिकीरहेछ । खाना खान यात्रुहरु होटमा छिर्न भ्याएका हुदैनन्, अनिथी सत्कारमा बसेकाहरु इसरी चिच्याउछन की लाग्छ त्यहाँ कुनै आपद बिपद नै आईलागेको छ । खनाको गुणस्तरको कुरा,यात्रुहरुलाई मिठो बचन बोल्ने कुरा, मलेखुको ताजा माछा खुवाउने कुरा,सायद मलेखुले अब बिर्सीसक्यो । तैपनि मलेखु भाग्यमानी छ भनौ । गाडी रोकीएकै छ,ब्यापार भएकैछ, त्रिशुली नदीबरु हिउलमा सुक्छे र बर्खामा बढ्छे तर मलेखु दिनरात जाग्दो छ । ब्यापार गर्दो छ ।
म भन्दा अगाडी सीटमा बस्ने एक अर्धबैंसे पुरुष सिट छोडेर पछाडी बस्न आए । चारजना बस्नमिल्ने सिटमा हामी तिन जना मात्र थियौ ।अगाडी अप्ठयारो भयो की कसो दाजै भन्ने मेरो प्रशनको जवाफमा उनले भने “बच्चाकी आमा आपैm निदाउदै छिन । निद्रकै झोकमा मलाई ठेल्दैपनि छिन उनी । म सिटबाट बाहीर भैसकें तैपनि उनलाई थाहा छैन । यहाँ खाली नभएको भएत म पनि घचेट्थें होला” उनि आउदा आउदै मेरै सिटमा बसेका दुई चौधरी युवति हरुसंग दुईचार गफ गर्न भ्याईहाले । उमेर, सोचाई र कुराको रंग ढंग मिलेनछक्यार एकै छिनमा चुपचाप भए तिनी । म पटि फर्केर नेपालको राजनैतिक अवस्थाको बारेमा उनले गरेको कुरा सुनेर मलाई लाग्यो उनि  रानितिक कार्यकर्ता हुन । तर उनैले सुनाए लोसारको लागी झण्डा लिएर चितवन गएका रहेछन उनि । नारनगठमा धेरै यात्रुहरु ओर्लिए । मेरो सिटमा म एक्लै भएँ । चौधरी युवतिहरु मलाई हेरेर हास्लै ओर्लिए  उनिहरु छुटेपनि उनिहरुले दिएको चुइगम चपाउँदै म टाँडीतिर अगाडी बडें ।

Monday, June 17, 2013

दैनिकी


काल तँ किन यति निष्ठुरी
वारी र पारी घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैशमा नमार
नारायण गोपालको आवाजमा सजिएका माथिका हरफहरुले ईश्वर संग बैशमा नमार्ने आग्रह गरेपनि निष्ठुरी ईंश्वरले हाम्रो भावनालाई नबुजे झैँ गरी २०६७ माघ २३ गते धादिङको महादेव बेसी नजिक आग्रा खोलामा टिफर दुर्घटनामा एक कलकलाउँदो उमेरको बैशालु जिवन लिएरै छाडयो । दुर्घटनामा एक बृद्घ पुरुषको पनि ज्यान गयो । बिद्युतिय संचार माध्यम र छापाहरुमा साधारण समाचार बनेको उक्त दुर्घटना अस्त ब्यस्त देशको परिस्थितिमा साधारणनै लागेपनि टिफर चालकको सानो लापरबाहीका कारण दुई दुईवटा जिवनको अन्त्य हुनु आफैमा साधारण घटना भने थिएन । भर्खरै टेस्ट परिक्षा सकेर एस एल सी दिने तयारी गरीरहेकी छात्रा लक्ष्मि अर्यालको गुमेको जिवन अब न रोयर आउँछ न कराएर, न त सरकारले ब्यबस्था गरेको राहतले नै ।
जन्मिनुको अर्को एउटा यथार्थ मर्नु हो । यो अवस्यभावि छ । मान्छेले जब आफुलाई सम्हाल्न थाल्छ तब उसलाई थाहा हुन्छ कि जिवनको एकदिन अन्त्य हुन्छ । सांसारीक सुख दुख भोग्नका लागी समयलाई साईत बनाएर यस भर्तीमा पाईला टेक्दा स्वाभावतः हामी खुसी हुन्छौं । आ आफ्नो गच्छे अनुसार सक्नेले तारे होटेलमा पाटी देला नसक्नेले चकलेट बाँड्ला, त्यही पनि नसक्नेले आफ्नो मनलाई खुसी तुल्याउला । आमा बाबु भएकोमा जिम्मेवारी बोध गर्ला । सन्तानको रहरले गर्भधारण गरेर,नौ महिना पेटमा हुर्काएर,प्रसुति पिडाको त्यो अवस्थालाई सहजै स्वकारेर जन्मदिएको सन्तान प्रतिको माया के कति र कस्तो भन्ने बारेमा त बर्णन गर्नुपर्छ जस्तो लाग्दैन ।
बाला पन, जवानी र बृद्घावस्था मध्ये अलीबढी महत्व राख्ने समय र उमेर जवानी नै हो । लाउँ लाउँ र खाउँ खाउँ को यो उमेरमा जो कोहीलाई पनि अरुले महत्वका साथ हेरेको हुन्छ र आफुलाई पनि जिबन फुलको सुन्दर थुंगा जस्तो महसुर भैरहेको हुन्छ । बगैचामा फुल्ने फुल ओईलाएर झरेकोमा के दुख । बयस्क फुल झर्दा न फुबारीको आकर्षण रहन्छ, न फुलले वंश परंपरालाई निरन्तरता दिन सक्छ । मानविय जिन्दगिको यथार्थ पनि यही हो । नारायण गोपलको स्वरमा गाईएको माथीका हरफहरुको आसय पनि यही हो । जब मर्नुनै छ त बैशमा किन ? मृत्यु दुखद त यसैनै छ , त्यसमाथी पनि बैशको मृत्युमा दुखको पाटो भयाभह नै छ ।
ओशोले आफ्नो पुस्तक संभोग देखी समाधी तिरमा मान्छे कसैको मृत्युमा जति दुखीत हुन्छ त्यो भन्दा धेरै बढी दुखित कसैको जन्ममा हुनुपर्छ भनेका छन । यो पृथ्बीको जनसंख्यालाई ध्यामा राखेर गरीएको एउटा विश्लेषण हो । तर मानविय स्वभाव त्यस्तो छैन कि उ भविस्वमा आई पर्ने समस्याको बारेमा सोचेर बर्तमानमा जिउन छोडोस । जन्म न बाध्यता हो न अवस्यभाविनै तैपनि हामी खुसी हुनछौ । मृत्यु अवस्य भावि छ । सबैलाई यो कुराको चेतना छ तैपनि हामी खुसी हुदैनौ त्यसको दश गुना बढी दुखीत हुन्छौं । यथार्थ हो, चेतनामा छ, स्वतः सिद्घ पनि छ तैपसनि दुख लाग्छ । सायद मान्छेमा एउटा अचम्मको गुण छ उ केही पाउँदा खुसी हुन्छ र गुमाउँदा दुखी हुन्छ । यही गुणका कारण उ जन्मको प्राप्तिमा रम्छ र मृत्युमा अभावले छटपटाउँछ ।
नाता र सम्बन्धले कमसे कम एउटा अवसर दिदो रहेछ हामीलाई । त्यो हो कसैलाई अलिक नजिक बाट बुझ्न पाउनु चिन्न पाउनु र जान्न पाउनु । यस्तै सम्बन्धका कारण आफन्तका रुपपमा चिने जानेको एक जनाको असामहिक निधनले मेरो जिवन र सोचाईमा ठूलो उथलपुथल ल्याईदियो । जिवनदेखी निरासा जागेर आयो । महादेव बेसी नजीक भएको उक्त दुर्घटनाको भोलीपल्ट गजुरीमा पोष्ट मर्टम गरीएको लाशलाई देख्दा एकछिन त पत्याउन पनि समय लाग्यो । मनले भन्यो के मृत्यु भएकै हो र ? अस्तिसम्म हाँस्दो खेल्दो शरिर चुप चाप लडीरहेको थियो । मैले लासलाई एकछिन जिबन दिएर हेरें । उही १६—१७ को उमेर, हसिलो मुहार, १० कक्षाको अन्तिम परिक्षा दिएर एस एल सी दिने मानसिकता बोकेको जुझारु छात्रा लक्ष्मी अर्याल जसलाई म आपैmले कयौपल्ट मोटर सईकलमा एक ठाउँ देखी अर्को ठाउँमा पुरयाएको थिएँ । स्मृतिमा आँखा अगाडी सकुसल मान्छे, यथार्थमा मेरै अगाडी मौन लडीरहेको दृष्यलाई शब्दमा बयान गर्ने सामथ्र्य आज ममा रहोस पनि कसरी ।
जिवनमा पहिलो पटक मृत शरीरलाई त्यो उराठ लाग्दो सेतो कपडाले आफ्नै हातले बाँध्नु पर्दाको अबस्थामा जिवन र ईश्वर प्रतिको भरोसा रत्तिपनि नरहने रहेछ । त्यो सेतो कपडा त्यो धान, चामल अनि घिउ त्यसलाई तिनिहरुकै नाउँले पुकार्ने पनि कसरी ? कवि माधव प्रसाद घिमिरेले श्रीमतीको मृत्युको शोकमा लेख्नु भएको गौरी शोक काब्यका हरफहरु याद आउँछन यहाँ मलाई

तिम्रो अन्तिमको शिँगार सँगिनी ! ‘कात्रो’ कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुनत्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न ‘बुर्की’ भनी
‘मुर्दार्नी’ कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी
माघ २४ गते धादिङ बैरेनी नजीक महेस दोबानमा रहेको मन्दिरमा बिहेको चापा चाप भैरहेकैबेला अघिल्लो दिन भएको दुर्घटनामा मृत्यु भएका दुई लास मन्दिर परिसर बाटै त्रिशुली किनार तिर लैजादै गर्दा बातावरण यति सम्म धमिलियो कि त्यहाँ उपस्थित सबै मानिसहरु बिहे छोडेर लास हेर्न तिर लागे । करीब एक सय मिटरकने दुरीमा कयौ दुलहीहरु अन्मिनका लागी सिंगारीदै जिवनको नयाँ अध्याय सुरुगर्ने तयारीमा थिए उता नदी किनारमा दुई जिवनको अध्यायको अन्त्य हुदै थियो । छोटो दुरीको अन्तरमा एकापट्टी चिताको आगो हाड छाला पोलेको गन्ध बोकेर दन्किदै थियो त अर्कोपट्टी बिहेको जग्गेमा चरुको बास्ना बोकेर दन्किदै थियो । फरक यति मात्र थियो कि यता आगो समिदामा बलेको थियो उता आगो चितामा । माघ २४ गतेका दिन बिहेको निम्तो मान्न नगएर म घाटमा गएँ । बिहेमा गएको भए म जन्ति हुने थिएँ । घाटमा गएँ त्यसैले मलामी भएँ । जिउँदाको जन्ति र मर्दाको मलामी यो नेपालीमा चलेको भनाई हो
मान्छे कति बिवष छ, कहिले काही एकै समयमा आफ्नो दुई आँखाहरुले कतै जिवन त कतै मृत्यु हेर्न बाध्य हुन्छ । मान्छे भएर जन्मनुको अर्को एउटा यथार्थ सहनु पनि हो जस्तो लाग्छ । आगो न हो यसलाई के मान्छेको शरीर के वनको बाबियो उसको काम जलाउनु हो । मात्र जलाउनु । नदी किनारमा आगोले आफ्नो कर्तब्य पुरा गरयो । मैले यो दृष्य मात्र हेरीरहे अमुक बनेर । सकेंत मैले दिनलाई केवल भावपूर्ण श्रद्घान्जली । मृत आत्माको चिर शान्तिका लागी र सोकमग्न परिवारलाई दुख सहनसक्ने शक्ति प्रदान गरुन भगवान संग प्रार्थना । अनि भन्नु यति हो ‘ हे काल तँ किन यति निष्ठुरी ?’



लामो समय नबस्ने ल....................
ऊ आउने कुरामा म त्यति बिश्वस्त थिईन । तर बिहान फोनमा गरेको कुराको सकारात्मक जवाफ थियो सायद दिखउँसो कुनै क्याफे वा खाजा घरमा जान उसले फोन गर्दा पहिलेत पत्त्याउन अलिबेर लाग्यो । म पुग्दा उसको पूर्व उपस्थितिले आफु ढिला भएकोमा त्यति ग्लानि बोध त भएन तैपनि कुराएछु भन्ने कुराको महसुस भने गरे मैलै । बिगत केही समयदेखी साटासाट भएका एस एम एसले सायद हामी बिचको सामिप्प्यतालाई अझै  मलजल गरीरहेको भान भयो । स्कुल पढ्दा आक्कल झुक्कल दे्खेको हु उसलाई आफु सिनियर क्लासमा भएकोले पनि साथिको रुपमा सम्बन्ध बिकसित भएन उसंग मेरो ।  आज भने बिशुद्घ साथीको रुपमा हेर्ने मौका पाएँ उसलाई मैले । अझ यति नजिकबाट कहिल्यै महसुस गरेको थिइन भनुँ ।

बिगत दुईदिन देखी गैर आवासीय नेपालीहरुको सम्मेलनमा भाग लिने चटारोले मेरो अन्यकाम पनि छैन । आज सोल्टी होटलको प्राङ्गणमा ढिलै खाएको खाना त्यति पचिसकेको पनि थिएन । रहर त थियो कि पहिलो पटक कसैसंग साथिको रुपमा सुमाई छिर्दा गफ चुट्दै दुइ चार आईटम खाउँ तर त्यसो भएन । मात्र एक प्लेट म म ले आजको भेटघाटको प्रसंङ्ग टुंङ्गियो । तिहारको चटारोले शहरलाई अझै बढी चलाएमान बनाएको छ । ट्राफिक छिचोली साध्य छैन । तैपनि आज बिहान कोठा देखी महाबौद्घ फेरी त्यहाबाट सोल्टी होटल त्यहा देखी जमल हुदै सिनामंङ्गल गई महाबौद्घ फर्कदा थकाइ नलागे पनि धुलो धुवाँले ग्रस्त भैसकेको थियो शरीर ।

         मलाई एउटा यस्तो बिषयमा उ संग कुरा गर्नु थियो कि जसको बारेमा मैले धेरै लामो समदेखी सोचिरहेको यिएँ । कुराको सुरुवात कहाबाट गरौ भन्ने चिन्ताले सताई रहेको बेला उसैले मेरो बिहेको कुरा उठाएपछि मेरो बाटो खुलीहाल्यो । सुमाईमा बस्दाको धेरैजसो समय बिहेकै कुरामा बित्यो । । उ यस्तो ब्यक्ति छे जसलाई माया गर्नमा कुनै संकोच मान्नु पर्दैन किनकि उ मायालु छे । यो कुरा मैले उसलाई बताएँपनि उ मुसुक्क हासीमात्र म यो किन पनि भन्नसक्छु भने कसैले नजर झुकाएर आफ्नो शिरमाथि हात राखीदिन्छ भने त्यो मायाको भाव हो मलाई यस्तो लाग्छ । सायद उ मायालु भएकै कारण म प्रति पनि उसका त्यस्ता भावबहरु प्रष्फुटन भैरहेका छन कि यो म पनि सहजै बुझ्न  सक्दिन ।

       उ हतारमा थिई । उसले पैलेनै भनेकि थिई लामो समय नबस्ने ल । म म खाईरहँदा पटक पटक उसको फोन बज्यो त्यो उसको पारिवारिक फोन थियो । उसले साना खिरीला ओठहरु खोलेर मुसुक्क हासीमात्र । नाई नाई भन्दै दुई चार पटक मेरै चम्चाले म म खाएर उसले गाजलु आँखाहरु मपटि उठाई उसका आँखा सुन्दर छन र भावातित पनि । आँखाका भाव संगै चलबलाएका गुलावि ओठहरुसंगै उ अन्धेरीमा चम्कने जुनकिरी जस्तै देखिई । उ हाँस्दा उसका दन्त लहरहरु मोती झै चम्किए । 

समयको दासी मान्छेले आफुलाई सधै दास बनाएरनै त जिवन यापन गर्छ । एक प्लेट ममले केहीबेरको भलाकुसारीलाई साथ दियो । हामी पनित आखिर समयका दासी न हौ । मलाई बिहे गर्ने केटा जन्मिएको छैन यो उसले ठट्टामा वा विस्मातमा खै केमा हो भनेको कुरा मनमा खेलीनैरहेको बेला सडकमा कुकुरले् खै कति बेला मोटरसाईकल पल्टाई दियो पत्तै भएन । पहिलो पटक मोटरसाईकल पल्टेको स्मृतिलाई संगै बोकेर असन सम्म पुग्दा घामले डाँडोत काटीहाल्यो । तिहार लागेको  असन भिड पनि कति हो कति । भाईमसला किन्नभनि उ बाइ बाई गर्दे त्यही भिडमा हराई । म भिड छिचोल्दै आफ्नै बाटो हिडे उ भिड छिचोल्दै आफ्नै बाटो लागी प्रत्येक हातमा कोरीएका हस्तरेखाले प्रत्यक मान्छेलाई आफ्नै बाटो हिडाए झै ।
 

समाचार

प्रचार र विकास पर्खदै गुप्तेश्वर महादेव

                        राजधानिबाट मात्र ५६ किमी टाढा पृथ्वी राजमार्ग देखि करीव २ घण्टाको पैदल यात्रामा पुग्न सकिने धादिङ कल्लेरी ९ स्थीत गुप्तेश्वर महादेव गुफा प्राकृतिको सुन्दर ठाउँमा अवस्थित छ । गुफाको गर्भमा इतिहासका अनगिन्ति डोबहरु बोकेर बिकट भिरमा प्रचार प्रसार र विकासको पर्खाइमा छ गुप्तेश्वर महादेव

                      यो गुफा धादिङ जिल्लाको सुनौला बजार गाबिस र कल्लेरी गाविसको सिमानामा पर्ने एक बिकट भिरमा अवस्थित छ । कल्लेरी ९ को कोर्थोक भन्ने दलितहरुको वस्ति नजिक ढुंगे भिरमा रहेको यो पबित्र स्थल हिन्दुहरुको आरध्यदेव महादेव पार्वतीको पूजा स्थल हो । गुफा भित्र महादेव पार्वतिको एकै साथ बसेको प्राकृतिक मुर्ति छ । शिव पार्वतिको मुर्ति माथी गुफाकै चट्टानबाट पहिले दुध चुहिन्थ्यो  पछि पानी चुहिन थाल्यो । गुफा भित्र  प्रकृतिक रुपमा नै रहेको खेतको आकार, बन्चरोको आकार, कोटको आकार आदी अनौठा बस्तु र स्थानहरु छन ।    गुफाको ठिक माथी सुनौला बजार ( धादिङको पुरानो सदरमसकाम) जाने बाटोमा एक ढुगामा पृथ्वीको ग्लोब आकार प्राकृतिक रुपमानै कुदिएको प्रष्ट देख्न सकिन्छ ।

                            यो गुफा छिर्ने र निस्कने दुबैतिर दुवार भएको गुफा हो । हाल गुफाभित्र छिर्न प्रयोेग भईरहेको बाटो पट्टी ठूलो प्वाल छ भने भित्र गई बायाँ मोडीएपछी गुफा बिस्तारै साँगुरीदै दक्षिणतर्फ लम्बिन्छ जहाबाट बाहिर निस्कने प्वाल भित्र पस्ने प्वालको तुलनामा निकै सानो छ । धार्मिक आस्थाका आधारमा निस्कने प्वाल सानो हुनुलाई पापीहरु निस्कन नसक्ने प्वाल भन्ने गरीन्छ । गुप्तेश्वरमा शिवरात्री र नारीहरुको महान चाड तिजको अवसरमा मेला लाग्ने गर्दछ । तिजमा नारीहरुले महादेबको पूजा गर्छन भने शिवरात्रीमा लाग्ने मेलामा गाईको दुध र दाम्लो चडाउने गरीन्छ । यसो गर्दा गाई ब्याउछ भन्ने मान्यता रही आएको छ । गुप्तेश्वरमा पहिले पहिले ३..४ दिनसम्म मेला लाग्थ्यो दोहोरी गित गाउने दश पन्ध्र समुह हुन्थे । समयको परीवर्तन सगै मेलाको स्वरुप परीवर्तन भई हाल एक दिने मेलनमात्र लाग्ने गर्छ  ।
 मेलाको अवसर पारेर विषेस गरी वडा न. ९ का बासिन्दाले धार्मिक कार्यको आयोजना गर्ने गरेका छन यहाँ । गुफा बिकट ठाउँमा रहेकै कारण मेला लाग्ने दिन भत्तजनलाई पानी खुहाउन स्थानियहरुले भरपुर सहयोग गर्छन । यसपालीको शिवरात्रिको दिन लगाईएको सत्यनारायण पूजा र शिवपुराण कार्यक्रममा स्थानिय देखि टाढा टाढा बाट आएका भत्तजनहरुले निकै उत्साहकासाथ सहभागिता जनाएका थिए ।

                                      नेपालको पहाडी भेगमा रहेका धार्मिक तिर्थ स्थलहरु जस्तै  मनकामनामाई, गोसाईकुण्ड, तातोपानी, लगायतका स्थानहरुको जुनरुपमा प्रचार पसार गरीयो र आज त्यस ठाउमा धार्मिक पर्यटकको ओईरो लाग्ने गर्छ । गुप्तेश्वर पनि त्यस्तै आन्तरीक तथा बाह्य धार्मिक पर्यटकको प्रचुर सम्भावना बोकेको धार्मिक स्थल हो । आगामी दिनमा यो ठाउँको प्रचार प्रसार र विकास गर्ने उदेष्यले हालै गठन गरीएको  हाम्रो गुप्तेश्वर प्रचारप्रसार तथा विकाश मञ्चले आगामी केही वर्षभित्र यो ठाउँको बारेमा देश भित्र र विदेशमा पनि प्रचार प्रसार गरी उत्तठाउँको विकास गर्ने लक्ष्य लिएको छ । नेपालमा पर्यटन वर्ष २०११ जस्तै बिभिन्न कार्यक्रमहरु आयोजना हुँदा प्रचार प्रसारको अभावमा रहेका गुप्तेश्वर जस्तै अन्य ठाउँको बारेमा पनि हामी सबैको ध्यान जान सके धार्मिक स्थलको भ्रमण, आन्तरी तथा बाह्य पर्यटनको प्रवर्धन भन्ने नाराले पूर्णता पाउथ्योकि ?

सरोज खनाल
अध्यक्ष हाम्रो गुप्तेश्वर प्रचारप्रसार तथा विकाश मञ्च कल्लेरी ९ धादिङ

गज़ल जस्तो ..

 


 

 १ . यस्तो भयो 

मनपग्लि मेरा आँखा रसाउनाले यस्तो भयो
परेलीले मोतिदाना खसाउनाले यस्तो भयो

समाएछौ बाटो तिम्ले आँखा हुदै मनछुने
ह्दएमा तिमीलाई बसाउनाले यस्तो भयो

खुकुलिदा फुस्किएर छुट्टीनेपो हो कि भन्दै
पिरतिको डोरी धेरै कसाउनाले यस्तो भयो

फुलसित रंग चोरी जवानीले रसभरेको
गुलाबी यो ओठलाई डसाउनाले यस्तो भयो

मनमा खोट रैछ तिम्रो बाहिरी मुखले ठिक्क पारयौ
चोखो माया गर्छु भनि फसाउनाले यस्तो भयो

बिश्वासको पर्दाजली अग्निज्वाला उठ्नुरैछ
मनको तार मनसित गसाउनाले यस्तो भयो

खै के के न हुन्छ भनि एक्लिएथेँ सबैसित
आज तिनै जोरी पारी हँसाउनाले यस्तो भयो
९कात्तिक २०६६ काठमाण्डु


 
 २. दुख्ने गर्या छु

मन बुझाउँन पिउदै जाँदा सुक्नेग्या छु
रात बिरात दोबाटोमा भुक्नेग्या छु


तिमीलाइनै राखेकोथें कोष कोषमा मैले
आजभोली जताततै दुख्ने गर्या  छु


तिर त मैलै ताकेर नै हानेजस्तो लाग्छ
खै किनहो पटक पटक चुक्नेग्या छु

प्रत्येक हारमा चोइटीएर कुरुप हुन लागें
एैना हेरी आफैलाई थुक्नेग्या छु

पूर्णिमाको जुनेलीमा आउछौ कि त भन्दै
बाटोतिरै अलमलिदै ढुक्ने गर्या  छु
जिन्दगीको रङ्गमञ्चमा टिक्न नसकेरै
मौन हुदै नेपथ्यमै लुक्नेग्या छु



३. शहर

फुल उमार्ने माटो छैन तिम्रो शहरमा
बगैचालाई पाटो छैन तिम्रो शहरमा

 सफल हुन दुनियाँलाई उछिन्नुछ भन्छौ सधैं
अघि बड्न बाटो छैन तिम्रो शहरमा

आफ्नै चुलो बले भयो अरुको के वास्ता
अईचो पैंचो साटो छैन तिम्रो शहरमा

बिदेशबाट झिकाउँछौ मक्किएको चामल दाना
खेति पाती आँटो छैन तिम्रो शहरमा

अभाव अनि ब्यस्तताको घाउ सधै दुखिरहने
उपचार र खाटो छैन तिम्रो शहरमा

रसाएर भिज्छ आँखा चुहिने आखिर मनै रैछ
त्यै मन छाउने भाटो छैन तिम्रो शहरमा

४.   डाँका हजुर

 चोर त सधैं चोरै हुन्छन कसलाई केको भाका हजुर
धनचोर्ने भन्दा अझै मनचोर्ने डाँका हजुर

जाबो प्रेमत सबले गर्थे उबेलामा पनि
आजकलका मान्छेहरुको नचाँइँदो भाका हजुर

सोच्नुहोला कलियुगमा मान्छे कति मोटा
पिलन्धरे जिउका बाहिर मोटा लाका हजुर

देख्या सुन्या जान्या बुझया त्यस्तो कैनि हैन
अन्धो देशमा एक आँखें भै ठूला भाका हजुर

ठुलाबडा बाजे बजै मान्नुपर्ने अरु छदै
बाठा बन्छन चल्लाहरु अस्ति आका हजुर

आँटो पिठो मकै भुटी दही दुधसंग खान छोडी
केको देख्न सकिन्थ्यो र चाउचाउ चुइगम खाका हजुर

पढ्लान तनी दुइ चार अक्षर आमा बाउको इच्छा
कसले बुझने आठै बजे किन स्कुल गाका हजुर


५. पानि छैन

खाईदेउन खाइदेउ भनि करलाउने बानी छैन
होसपु्रयाइ खानेगर अड्क्योभने पानी छैन

सोच्दै हौली साथ म छु जे जे परे पर्छ
म तिम्ले सोचेजती त्यती धेरै दानी छैन

स्वतन्त्र छौ गर्न सक्छौ के के इच्छा लाग्छ
तिम्रा यस्ता इच्छामाथी मलाइ कुनै हानी छैन

समयको साथ हिड्ने सहयात्री मात्र न हुँ
मनभित्र ममताको त्यति ठूलो खानी छैन

नसोध है खै के गर्न सक्छौ मेरा लागी
डोरी लिई ठूलो रुखमा म त जानी छैन

एकान्त बसुँ भन्ल्यौ पिरतिका कुरा गर्न
आफुसंग कुनै त्यस्तो झुटो काहानी छैन

पञ्चे बाजा बजाउने तमन्ना छ मनभित्र
झिसमिसेमा भगाएर तिम्लाइ लानी छैन
५ असोज २०६६ काठमाण्डु

६. बगलीमा छुरा ,मुखमा राम राम छैन
ढड्डा जति पल्टाएनि कही मेरो नाम छैन
नाम छैन त्यसैलेत कही बदनाम छैन
चिन्थेहोला जो कोहीले ठाँटीएर हिडया् भए
त्यसोगरी हिड्न मेरो खल्ती भरी दाम छैन
सत्य तत्थ्य त्यहीनै हो जे जे देख्यो दुनियाँले
छुपाएर राख्नलाई बन्द कुनै खाम छैन
सुन्या कुरो झुटो होला देख्यालाईत कसले ढाँटने
बगलीमा छुरा राखी मुखमा राम राम छैन


 ७. शहर पस्दै जालीचप्पल फेर्नेले ...

हिजो कसम खाई आज केर्नेले मारयो
आफ्नै जिउलाई ढल्कि ढल्कि हेर्नेले मारयो

गाउमा छँदा हात्तिछापले काम चल्यो बरै
शहर पस्दै जालीचप्पल फेर्नेले मारयो
छाती भित्र बस्छु भन्दै मनको तार समाई
त्यही तारलाई उदयाएर सेर्नेले मारयो
मायाँजाल बिच्छयाएर अंगालोमा बाँध्नु कता
वरीपरी काँडेतारले घेर्नेले मारयो

हुन्छभने छुनेथिएँ हुन्नभने छुन्न
दोधारको टुना गर्दै बेर्नेले मारयो

बगैंचाको फुलचुस्ने भमराको केको हिसाब
सबैको बात पालैपालो टेर्नेले मारयो
५ कत्तिक ०६६


८ . कैले

हुन्छ मात्रै भन्छौ तिमी सँच्चै मान्ने कैले
फकाउँदैमा जोवन बित्यो सुरुवाल तान्ने कैले

धेरै बाल्यौ आगो तिम्ले गाल्यौ मनको चुरो
हतार भयो नुन चाख्नलाई भन झान्ने कैले
भन्छौ मात्रै मेरो लागी लगाको छु अनेक थरी
मैले तिम्रो विउको वस्त्र एक एक गरी छान्ने कैले


के के न हो जस्तो गर्छौ आफ्नो जिउको अंगअंग
वास्तब मा नै यैहो भनि तिम्ले जान्ने कैले

भरीईसक्यो जवानिको रस अब चुईन थाल्छ
ओठ टोकी एक अर्काले अंगालोमा बान्ने कैले

हिसाब छकी सावाँ ब्याजको किछ मोल मोलाई
भाका धेरै नाघिसक्यो पक्का ठान्ने कैले
२३ पुस २०६६ काठमाण्ड

९ . रातो गुलाव

 तिम्रो सन्देश बोकी आउन डरायो खै रातो गुलाव
बिच बाटोमै आज कता हरायो खै रातो गुलाव

अंकुरायो प्रेम कतै मौलाउदैथ्यो फल्न फुल्न
हांगैपिच्छे एैजेरु भै लहरायो खै रातो गुलाव
बिसाद भो जिन्दगी यो आशारुपी दियो निभ्दा
स्मृतिमा परेली भै फरफरायो खै रातो गुलाव
सुस्केरा र छटपटीमा बित्ने मेरा रातबिच
एैठन बनि सपनीमा बरबरायो खै रातो गुलाव
अन्ध्यारो भो चारैतिर काँप्नलाग्यो धर्ती पनि
बालसुलव पाईला बनि धरमरायो खै रातो गुलाव
आफ्नो भागमा बिजेताको अंशदेन नियतिले
पराजीतको ध्वजा बनि फहरायो खै रातो गुलाव
लुटीने छु अब कतै च्यातिने छु पत्रपत्र
आधिरातमा चितुवा भै करायो खै रातो गुलाव
१४ पुस २0६६ २९डिसेम्बर २००८


१०  . आख

खै किन हो हृदयमा टाँसीरयो तिम्रो आँखा
बिहानीको फुजस्तै हाँसीरयो तिम्रो आँखा

कैले तिमी हँसाउथ्यौ जिस्क्याउदा लज्जाउथ्यौ
के के सोच्दै मनको भाव जाँचिरयो तिम्रो आँखा

फर्किआईनौ कहिल्यै तिमी मायाँ मारी हाल्यौ
स्मृतिमा झिमझिम गर्दै बाँचिरयो तिम्रो आँखा

टाढा भए चिनजानेका तिमी जस्तै सबै
तर सधैं वरीपरी नाचिरयो तिम्रो आँखा
३१डिसेम्बर २००९ काठमाडु

११  . छुट्टै
तिमी काली भयौर छुट्टै
तिमी जाली भयौर छुट्टै


फुल रोज्छन सबैले
तिमी माली भयौर छुट्टै
मायाले भरीपूर्ण अरु
तिमी खाली भयौर छुट्टै
अग्ला अग्ला थुन्से सोली
तिमी डाली भयौर छुट्टै
बर्णन हुन्छ सुन्दरताको
तिमी नाली भयौर छुट्टै
आकाश छुने घरको धुरी
तिमी पाली भयौर छुट्टै
दिब्योपदेश कयौ शब्द
तिमी गाली भयौर छुट्टै
निधारको टिको सिउँदोमा सिन्दुर
तिमी लाल भयौर छु

१२. आउन तिमी

उजाड मनको बनमा नयाँ पात बनि आउन तिमी
कोईलीसंगै भाका मिलाई गित गाउन तिमी

फुलको सुवास बोकी हिड्ने पवन बनि आयौ भने
शरदका फाँटहरुमा लहराउन तिमी

आउँछौकीत मडारीदै सावनको भेल बनि
ढुंगा बनि बग्ने छु म हात समाउन तिमी

उड्नै परे चैतमासको धुलो बनि पखेरामा
चट्टयाङ अनि बादल सित प्रित लगाउन तिमी

क्षितिजपारी डुबिहाल्छौ हेर्दा हेर्दै बिपनिमा
सपनिमा आउछु भनि कसम खाउन तिमी
३० मंसीर २०६६

१३ . के भयो ?

साईत गर्छु भन्थ्यौ तिमी रसम के भयो
तड्पायौनि धेरैमलाई कसम के भयो

बिर्से पनि तिम्ले मलाई नखोजेनी भेट्न
मैले तिमीलाई दिलमा राख्दा भसम के भयो

बैमानीपो प्यो भन्थ्यौ लगन गाँठो बाँध्ने
उस्तै छ की आजकल तिम्रो खसम के भयो

तिमी उसकी भइहाल्यौ यात्रा उसैसंग गर
थाक्यौ होली चौतारीमा बसम के भयो

दुखी रह्यो मुटुको छेउ बल्झिरहने घाउले
भावनाको मलम थोरै घसम के भयो

श्वरीय देन छ भन्छन मानव संसारमा
त्यै ईश्वरको मन्दिर संगै पसम के भयो
२१ असोज २०६६ काठमाण्ड


१४  . जुनतारा काखमै ..
सुख दुख साथै जिउँछु भन्नेहरु धेरै देखें
मर्न सगै बिष पिउँछु भन्नेहरु धेरै देखें

तिमी मात्र हेरीबस मैले के के गर्न सक्छु
जुनतारा काखमै लिउँछु भन्नेहरु धेरै देखें

मर्न सगै बिष पिउँछु भन्नेहरु धेरै देखें
जालीम छ यो दुनियाँ चोटदिई हास्ने गर्छ

त्यस्ता चोट सबै सिउँछु भन्नेहरु धेरै देखें
मर्न सगै बिष पिउँछु भन्नेहरु धेरै देखें

वर्खे भेलमा कति जंघार तर्नुपर्छ थाहाछैन
पारी तार्ने डुङ्गा खिउँछु भन्नेहरु धेरै देखें

मर्न सगै बिष पिउँछु भन्नेहरु धेरै देखें
भनेको थें जिन्दगीको मेलो त्यति छोटो छैन

पिरनगर मेलो एक्लै भिउँछु भन्नेहरु धेरै देखें
मर्न सगै बिष पिउँछु भन्नेहरु धेरै देखें
२८।०५।२०६६ काठमाण्डौ


१५ . प्यासी तिमि
हातमा तेलको दिउरे लिएर तिमी भित्रियौ
साथमा प्यासको प्याला पिएर तिमी भित्रियौ

सधै शान्त रहने गर्थे लाउदा खोल्दा ढोका
जसलाई भर्खरै धक्का दिएर तिमी भित्रियौ

कल्पनामा गुम्सिबस्दा कति चोट मनमा
आज त्यस्ता सबैचोटलाइ सिएर तिमी भित्रियौ

चोटा कोठा सिङ्गो घरले प्रश्न गथ्र्यो तिमीमाथी
आज ति सबैलाइ जवाफ दिएर तिमी भित्रियौ
(२५ भदौ २०६६ काठमाण्डौ)



१६ . मैले जानिन
नहेर्नु थियो हेरीहालें हेर्न जानिन
जे देखेथें फेरी त्यसलाई केर्न जानिन

पक्कापक्कि भैसक्दानि झुटो हो भनेर
मन भित्रको बिश्वास मैले फेर्न जानिन

झकझक्यायो दुनियाँले आँखा खोल्न धेरैपटक
आफुलाई छोडी दुनियाँलाई टेर्न जानिन

थाहा थियो एक दिन यस्तै देख्नु पर्छ भनि
कालो रुमाल आँखाछोपी बेर्न जानिन

जे हुनुत भैनै सक्यो कसले रोक्छ हुनेलाई
मैले आफ्नो गर्दन आफै सेर्न जानिन

१७. बिधवा सुन्तली
विधवा भै सुन्तली त मालो बोकी आएन कोही
च्यातिएको चोलो टाल्न टालो बोकी आएन कोही


भोक प्यासले उसको शरीर दाउरा झै सुकिसक्दा
अन्नभाको थुन्से सोली डालो बोकी आएन कोही

जुन घरमा बस्थिन उनी त्यो घर उनको साहुले लग्यो
घरलाने त्यो साहुलाई रोप्ने भालो बोकी आएन कोही

मासु चिउरा हातमा लिई रोटे पिङमा मच्चेअरु
उनले खाने हाड अनि छालो बोकी आएन कोही

बदलाको भावना छ मनभित्र उसको
सबलाईथुन्ने एउटै खोरको तालो बोकी आएन कोही

एक्लै एक्लै बगाई उसले भएजति आँशु सबै
साँझ बिहान ढाडस दिन पालो बोकी आएन कोही
 
वर्ष २२ अंक १६ २०६६ असोज २७ मंगलबार युगसम्वाद साप्ताहिक मा प्रकासित
५ असार २०६६ काठमाण्डु


१८ . नमारन मलाई

जिउने ईच्छा अधुरैछ नमारन मलाई
यति धेरै अप्ठयारोमा नपारन मलाई

तिम्रो मनको तलाउमा डुबुल्किन खुसीहुन्छु
लत्त्याएर पाखातिर नसारन मलाई
फुलिरैछु तिम्रो मनमा फल्छुपनि यहीँ
नछिप्पिदै चिचिलैमा नझारन मलाई
चुनौति हो जिन्दगीत संघर्षमा जिउनु पर्छ
ठूलो युद्घ जित्न भनि नहारन मलाई
तिम्रा सारा दुख ढाक्न पग्लिदिन तयार छु म
तताएर यतिधेरै नखारन मलाई
मर्न पनि तयार हुने मेरो मनलाई बुझेका छौ
यति छिट्टै बैतरनिमा नतारन मलाई
१५चैत २०६६ काठमाण्डु

१९ . मन लाग्थ्यो -स्कुल पड्दा ...
पराईले छोला भनि बार्न मन लाग्थ्यो
उनको मेरो पिरतीलाई नार्न मन लाग्थ्यो

बर्खे भेलमा सुसाउदै मडारीदा खोलो
हात समाई उनलाई पारी तार्नमन लाग्थ्यो

ओहो लौन भिजीहाल्यो तिम्रो फ्रक भन्दै
आफ्नै हातले अलि माथी सार्न मन लाग्थ्यो

आजमैले बारेकी छु नछुनुहै भन्दा
नजिकिदै अप्ठयारोमा पार्न मन लाग्थ्यो

सक्तिन म तपाइसंग भन्दै ठट्टा गर्थिन
मलाइ भने सधै आफु हार्नमन लाग्थ्यो

साँझ पख क्षितिजतिर घाम डुब्न लाग्दा
हात समाई यता उति चार्न मन लाग्थ्यो

जुरो बाँध्न मनपराउथिन केशरासी उनको
मलाइ भने कम्मरतिरै झार्न मन लाग्थ्यो

दालमोठ चिउरा अ‍ैंठे किनि पानीसंग खाँदा
आफुलाई भन्दा धेरै उनलाई फार्न मन लाग्थ्यो

संका गर्थिन अरुकसलाई मन पराउछौ भनि
तिमी नै हौ एक्लि भन्दै टार्न मन लाग्थ्यो

लज्जाएर हाँस्थिन जब सगै बस्दा उनि
नाता गोता घरको माया मार्न मन लाग्थ्यो
५ जेठ २०६६ काठमाण्डु


२० . नसक्नाले

आफन्तकै कु कर्मलाई चिउन नसक्नाले
कालो रात रुदै बित्यो पिउन नसक्नाले


झुप्रो मनको चुला चौका दुनियाँले देख्यो
उद्रिएको जिन्दगीलाई सिउन नसक्नाले

वारी आफु चिनजानेका पारी पारी भए
साथ साथै आफ्नो डुंगा खिउन नसक्नाले

बेसिजनमा चाहनाको कोषा चाउरी प्यो
सिजन छदै आफ्नो मेलो भिउन नसक्नाले

वर्खे भेलले श्रीखन्डको ठुटो पारी छोडयो
खरानीले निधार पोतें लिउन नसक्नाले

बिवसताको कात्रो ओडी चितामाथी सुतें
छाती भित्र एउटा मुटु जिउन नसक्नाले
१७ बैशाख २०६६ काठमाण्डु


२१ .मकै पोल्ने आबै
पोल आबै पोल मकै पाक्नेगरी पोल
पोलीने त्यो मकै आफै थाक्नेगरी पोल

तिम्रो मननी डढ्दै होला मकै डढेसरी
आफ्नो मनको त्यो जलनलाई ढाक्ने गरी पोल

दाउरा बाल कोइला बाल त्यो त तिम्रो इच्छा
बाटो हिड्ने जो कोहीले चाख्ने गरी पोल

काँचै होलान तिम्रा कति इच्छाहरु मनभित्र
तिमी मकै चुरैसम्म पाक्नेगरी पोल

अशक्त यि बुडा हातले मकैपोल्छन भनी
देखाउनलाई राख्नेगरी पोल
१५ जेठ २०६६ काठमाण्डौ

२२ मकै पोल्न
मकैपोल्न दोबाटो र चौबाटोमा बस्छयौ
किन आबै बुढेसकालमा आफै कम्मर कस्छयौ

छैनन कि त छोरा नाति हजुर आबै भन्ने
चाउरीएको घुडा किन सारो भुईमा धस्छयौ

पक्किघरमा बस्छन सबै तिम्ले पोल्या मकै खाने
तिमी साँझ बास खोज्दै कुन पाटीमा पस्छयौ

उमेर ढल्क्यो अभाव बडयो चोट थप्यो समयले
थुम थुम्याउदै आफै नो मनलाई कस्तो मलम घस्छयौ
तिम्रो भागमा यो उमेरमा यस्तै गर्नै लेख्या रैछ
पिर गरी आँशु झारी आफै नै मनलाई किन डस्छयौ

होमल्याड मासिक

 
 
घरजग्गामै जमेका हिरामणि

चप्पल कारखानाबाट जागीरे जीवन सुरु गरेका हिरामणि न्यौपानेले जागीरपछि विभिन्न व्यापार व्यवसायमा हात हाले, कहीँ सफल भए त कहीँ घाटा खाए । नाफा÷घाटामिश्रित हिसाब किताबको जीवन एक समय घरजग्गाको कारोबारमा गएर ठोक्कियो, त्यसपछि न उनी त्यहाँबाट कतै भाग्न सके न पछाडि फर्किए । बस्, लागिरहे त्यही कारोबारमा, बेचाइरहे र किनाइरहे घरजग्गा ।
२०४३ सालतिर खासाबाट सामान आयात गरी काठमाडौँमा व्यापार गरेका उनलाई त्यो व्यापारले लामो समय साथ दिएन । व्यापारमा घाटा भयो, छोड्नुप¥यो । ०५० सालतिर हिरामणिको जीवनले अलि फरक मोड लियो, घरजग्गाको कारोबारमा लागेर । धापासीमा साथीहरुसँग मिलेर एकजना शेर्पालाई जग्गा बेचाए उनले । साथीमार्पmत उनले पाँच सय कमिसन पाउनुपर्ने थियो तर साथीले बीचमा आधा कमिसन आपैmँले राखेर हिरामणिलाई दुई सय ५० रुपैयाँ मात्र दिए । घरजग्गाको कारोबारको पहिलो कमिसनमै ठगिए उनी । अन्य सबै क्षेत्रको काम छाडेर घरजग्गामै काम गरिरहँदा जग्गाको कारोबारमा वृद्धि हुन थाल्यो । घरजग्गाको कारोबार व्यापक हुन थालेपछि हिरामणिले साथीहरुसँग मिली जग्गा प्लटिङ गर्न सुरु गरे, त्यसमा राम्रै सफलता पाइरहेका थिए ।
राजनीतिक परिवर्तन, अनिश्चित हुने सम्भावना देखिएपछि हिरामणिलाई पैसाको सहयोग गर्ने साथीहरुले लगानी गर्न आनाकानी गरे । पहिले लगानी गरेको पैसा पनि तिर्नुपर्ने भो । यही व्यवहार मिलाउँदा उनी फेरि घाटामा परे । मुस्किलले व्यवहारिचाहिँ मिलाई छाडे । अरु व्यवसायमा जस्तै घरजग्गामा पनि उनलाई सोचेजस्तो सफलता मिलेन । उनी आपैmँ भन्छन्, ‘सोचेजस्तो नहुने रहेछ ।’ आपूmले कमाएको मात्र सदुपयोग गर्ने वातावरण मिलेको भए आज उनीसँग ५÷६ करोडको सम्पती हुने थियो रे ! तर त्यसो भएन ।‘ परिवारमा विवाह, पढाइखर्च आदि गर्दागर्दै घर पनि बनाउन सकेको छैन,’ उनले भने । सयौँ व्यक्तिलाई घडेरी किनाइदिए, कयौँको घरबार जोडिदिए तर आफ्नोचाहिँ हालसम्म घर छैन । यसको मतलब कहिल्यै हुँदैन भन्ने होइन । अब भने एउटा घर बनाउने तयारीमा छन् उनी, सोचेजस्तो भयो भने केही समयमै ।
घरजग्गाको कारोबारमा संलग्न एजेन्टहरुको आम्दानी राम्रै भए पनि यो व्यवसायमा समस्याहरु धेरै छ भन्छन् हिरामणि । मुख्य समस्या के त ? कसैलाई समस्या परेको छ भने घर बेचाइदिनुप¥यो, जग्गा बेचाइदिनुप¥यो भन्छन् । बेचाइदिएबापत यति प्रतिशत कमिसन पाउँछौँ, त्यसको चिन्ता नगर भनी आश्वस्त पार्छन् । जब घरजग्गा बिक्छ, हातमा पैसा पर्छ अनि सुरु हुन्छ नाटक । सकेसम्म त दिनै खोज्दैनन् । केही गरी दिनैपर्ने भए कम प्रतिशत वा नाममात्रको पैसा हातमा थमाउन खोज्छन् । यो हाम्रो व्यवसायको मुख्य समस्या हो, हिरामणि पनि यस्तै समस्याबाट सताइएका छन्, धेरैपटक ।
ठूलो कम्पनीलाई ठूलै काम गर्नुपर्छ । त्यहाँ ठूलै कमिसनको आशा पनि हुन्छ । तर सबैभन्दा वैमान पनि तिनीहरु नै हुन्छन् । यो उनले त्यस्ता कम्पनीहरुसँग गरेको कामको अनुभवका आधारमा बताएका हुन् । हिरामणिले हालसम्म काम गरेको र पैसा नपाएको उदाहरण धेरै छन् । त्यसमध्ये धापासीमा गरेको कामले उनलाई ठूलो चोट पु¥यायो । जग्गा बिक्री गर्नेले हिरामणिलाई वाचा गरेअनुसार कमिसन मात्र ३५ लाख आउनुपर्ने थियो, यही कमिसनको आशामा उनले काम गराएपछि सबै कारोबार भयो तर हिरामणिले पैसा पाएनन् । एकजना आम नेपालीलाई ३५ लाख भनेको ठूलो रकम हो त्यसमाथि पनि त्यही रकम आउँछ भनेर अरुको करोडौँको काम गरिसकेपछि पैसा नपाउँदा जोकोहीलाई पनि मर्का त पर्छ नै, मिहिनेत पनि खेर जान्छ ।
घरजग्गाको काम कहिल्यै नरोकिने व्यवसाय हो । कारोबार गराउनेहरु आधिकारिक कम्पनीमार्पmत राज्यलाई कर तिरेर व्यवसायमा संलग्न हुन्छन् भने राज्यलाई यसबाट फाइदा छ । यदि त्यसो हो भने किन व्यवसायलाई मर्यादित नबनाउने ? र, व्यवसायीहरुको कारोबारको सुरक्षा पनि त राज्यको जिम्मेवारीभित्र पर्छ नि होइन र ? यदि कारोबारले मान्यता पाउँदैन भने राज्यले राजश्व गुमाइरहेको छ । पाउँदा सबै पक्षलाई फाइदा छ भने अब व्यवसायलाई मर्यादित गर्नु र व्यवसायिक सुरक्षा अपनाउनुको कुनै विकल्प देखिँदैन ।
घरजग्गाको कारोबारकै सिलसिलामा हिरामणिलाई एकपटक सुरक्षाको चुनौती पनि आइलाग्यो । जग्गाको कारोबारमा दिनै नपर्ने कयौँ लाख पैसा बुझाएका छन् उनले । एकजना व्यवसायीले यस्तो समस्याबाट उम्कन अनेक दुःख गर्नुपर्छ, पैसाको नास हुन्छ । लामो समयको अनुभवमा कमाउने÷गुमाउने भइरहँदा जस्तोसुकै समस्या परे पनि हिरामणिले व्यवसायबाट भाग्न भने जानेनन् र भागेनन् पनि । घरजग्गाको कामभन्दा बाहेक अब केही काम नगर्ने, बरु घरमै सुतेर बस्ने भन्ने हिरामणि जस्ताको दृढतालाई व्यवसायप्रतिको लगाव भन्न सकिन्छ । सायद हरेक व्यवसाय र व्यवसायीलाई यस्तो दृढताको बढी आवश्यकता पर्छ सायद ।
 
 
 
घर  बेच्नु छ


असनमा आफ्नै घरमा खुद्रा पसल चलाएर बसेका एक व्यापारी उक्त घर बेच्ने मनसायमा छन् । दुई आनामा बनेको उनको घर दुइभाइको अंश हो । सहरमा बसोबासको चाप बढ्दै जाँदा असन इन्द्रचोकलगायतका पुराना बस्तीमा नयाँ पुस्तालाई उकुसमुकुस लाग्न थालेको छ । किन बेच्ने त असनको घर ? रिङरोडको आसपासमा राम्रो घर बनाएर खुलासँग बस्न पुग्ने पैसा असनको सानो घर बेच्दा आउँछ । भाइभाइको अंशको कुरा पनि बेचेपछि मिल्छ । आजको नयाँ पिँढी खुम्चिएर बस्न सक्दैन । असनमा मात्र होइन, विभिन्न कारणले आफ्नो घरजग्गा बेच्न चाहनेहरु प्रशस्तै छन् अहिले ।
कलंकीका नवराज बास्तोलाको साढे दुई तल्ले घर एक महिनामा करिब १५ जनाले हेरिसके । उनलाई यो घर बेच्नु छ । दिनहुँजसो खरिदकर्ता भन्दै एजेन्टमार्पmत मानिसहरु आउँछन् तर घर बिकेको छैन । ‘जग्गाको हाल चलेको मूल्य र बनाउन लागेको खर्च मात्र आए बेच्न हुन्थ्यो, बिकेन,’ उनी भन्छन् । किन बेच्ने घर भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘दुई वर्ष पहिले आपूm क्यासिनोमा जागिरे छँदा बैंकबाट लोन लिएर घर बनाएँ, आपूmसँग भएको पैसा पनि सबै घरमै खर्च भयो, जागीर छँदै छ, बिस्तारै ऋण तिरौँला भनेर बैंकबाट ऋण लिएँ, क्यासिनोमा समस्या आयो, महिनौँसम्म बन्द भएपछि फेरि जान मन लागेन जागीर छोडियो । श्रीमतीको कमाइले घर चले पनि बैंकको १५ लाखभन्दा बढी ऋणको किस्ताको भाखा नाघ्यो, ब्याजसमेत बुझाउने पैसा छैन । बैंकको ऋण बढाउनुभन्दा बेच्न पाए केही पैसा आफ्नो हातमा पर्छ, एउटा जग्गा मात्र भने पनि किनिराख्नु पर्ला ।’ यस्तै समस्याका कारण सहरी क्षेत्रमा हाल धेरै घरजग्गाको खरिद–बिक्री भएको विभिन्न घटनाहरुबाट पुष्टि हुन्छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न घरजग्गा व्यवसायी र एजेन्टहरुको भनाइले पनि समस्या आफ्नै भए पनि अधिकांश मानिसहरु भनेजस्तो मूल्य पाए घरजग्गा बेच्न तयार छन् । ललितपुरमा लामो समयदेखि एजेन्टको काम गरिरहेका एजेन्टको भनाइमा आफ्नो अफिसमा दिनहुँ धेरै मानिसहरु घरजग्गा बेच्नप¥यो भन्दै आउने गरेका छन् । सहरमा मात्र होइन देशका ग्रामीण भेगमा पनि अवस्य सहरको जग्गा बेच्नु छ, घर बेच्नु छ । यसरी अधिकांश घरजग्गा बिक्रीमा रहनुको कारण के त ?
सहरका पुराना बस्तीमा घर भएकाहरु बेचेर खुला ठाउँमा बस्न चाहिरहेका छन्, त्यसैले बिक्रीमा छ । व्यवसायिक हिसाबले राम्रो मानिएका स्थानमा थोरै क्षेत्रफल जग्गा बेच्दा अन्य ठाउँमा धेरै किन्न सकिन्छ, त्यसैले बिक्रीमा छ ।
घरजग्गा धितो राखेर ऋण लिइएको छ । व्यवसाय वा जागीरबाट तिर्न सम्भव छैन, त्यसैले बिक्रीमा छ । विभिन्न व्यवसाय वा अन्य कामका लागि व्यक्तिबाट लिइएको ऋणको ब्याज धान्न सकिएको छैन त्यसैले बिक्रीमा छ । हिजो जग्गाको मूल्य उत्कर्षमा पुगेका वेला जथाभावी जग्गा किनेको छ, अहिले पैसाको समस्या प¥यो त्यसैले बिक्रीमा छ । बेलायती सेनाका परिवारलाई आवासीय भिसा मिल्यो, परिवार बेलायत गए घरजग्गा बिक्रीमा छ । हजारौँ युवा दिनानुदिन विदेशिएका छन्, खर्चका लागि घरजग्ग बिक्रीमा छ । राष्ट्र बैंकले ल्याएको रियल स्टेटसम्बन्धी नीतिले नेपालमा अब घरजग्गाको मूल्य तत्काल बढ्ने देखिँदैन, त्यसैले घरजग्गा बिक्रीमा छ । यो सहरको अवस्था हो, गाउँमा घरजग्गा बिक्रीमा छन् । सहरमा भन्दा बढी, त्यो कसरी त ?
हाल देशको कूल जनसंख्याको करिब २० प्रतिशत जनसंख्या सहरमा बस्छन् । २००९ मा विश्वमा ५० प्रतिशत देखिएको सहरी जनसंख्या २०३० मा ३० प्रतिशत हुनेछ । सहरीकरण बढ्दो छ । बढ्नका लागि मानिसहरु आउने गाउँबाटै हुन्, सहर बसाइ सर्न गाउँमा भएको घरजग्गा बेच्नुर्ने हुन्छ । अब के अनुमान गर्न सकिन्छ भने तीव्र रुपमा सहरीकरण बढिरहँदा गाउँमा जग्गाको बिक्री प्रतिशत बढ्न जान्छ, खरिदकर्ता नहुँदा मूल्य कम हुने सम्भावना पनि बढी छ ।
विगतमा देशको सहरी क्षेत्रमा घरजग्गाको कारोबार बढ्यो र मूल्य पनि बढ्यो । हाल त्यो अवस्था छैन । जग्गाको मूल्य स्थिर छ । कारोबार उत्कर्षमा पुग्दा एक्कासि नयाँ नीति आयो सबैले त्यो अवस्था सम्हाल्न सकेनन्, अब त्यो वेला बढी पैसा हालेर किनेको जग्गा अहिले कम मूल्यमा बिक्री भइरहेको छ ।
यता व्यवस्थित सहरीकरणका लागि हाउजिङ अपार्टमेन्टको विकाससँगै सहरमा सयौँ युनिट निर्माण भइसकेका छन् । ती पनि सबै बिक्री भइसकेका छैनन् । पछिल्लो समय निर्माण भएका करिब ६ हजार पाँच सयको हाराहारीमा अपार्टमेन्टमध्ये ३० प्रतिशतमात्र बिक्री भएका छन् । बाँकी ७० प्रतिशत बिक्री हुन बाँकी छ । कोलोनीमा निर्मित सयौँ व्यक्तिगत घरहरु पनि बेच्न बाँकी छ । गाउँदेखि सहरसम्मको समग्र अवस्थालाई हेर्ने हो भने हाल देशमा व्यक्तिगत नाममा रहेको कूल घरजग्गाको ८० प्रतिशत घरजग्गा बिक्रीमा छ । ग्रामीण भेगमा धेरै घरजग्गा बिक्री हुनुलाई केन्द्रीकृत शासनको प्रतिफल र सहरीकरणको प्रभाव मान्न सकिन्छ भने सहरी क्षेत्रमा त्यो अवस्था रहनुलाई दूरदर्शी नीतिको अभाव र व्यक्तिको चाहनालाई प्रमुख कारण मान्न सकिन्छ । सानो घरमा बस्नेले उक्त घर बेचेर ठूलो बनाउने वा किन्ने इच्छा राख्नुलाई समस्या होइन उन्नति मान्न सकिन्छ तर हाल देशमा बिक्रीमा रहेका घरजग्गा धनीका कुरा सुन्ने हो भने प्रगति गर्नेहरुभन्दा समस्या परेर बेच्न खोज्नेहरुको संख्या बढी छ । तर ग्रामीण भेगमा एउटा यस्तो पनि जमात छ जो आफ्नो गाउँमा भएको सम्पत्ति बेचेर सहर आउन चाहन्छ किनकि सहरी क्षेत्रमा हाल जग्गाको मूल्य स्थिर छ र अप्ठ्यारो परिरहेका व्यक्तिहरु सस्तो मूल्यमा घरजग्गा बेच्न चाहिरहेका छन् । अप्ठ्यारोमा परेकाहरुसँग बार्गेनिङ गरेर कम मूल्यमा पाए किन गाउँमा बस्ने, आखिर शिक्षा÷स्वास्थ्य आदिका लागि त सहर आउनु नै छ ।
देशका युवाहरु विदेशिदै जाँदा गाउँका खेतीयोग्य जमीन बाँझो हुने उत्पादन कम हुने, रोजगारीको सृजना नहुँदा आम मान्छेको क्रयशक्त घट्ने, यसको प्रभाव देशको अर्थतन्त्रमा पर्ने र देशले अर्थतन्त्रको समस्याका कारण बसोबासको क्षेत्रलाई व्यवस्थित गर्न नसक्ने हो भने व्यवस्थित सहरीकरण जस्ता कुरा खाली कागजमा नै सीमित रहनेछन् । आम मान्छेको बसोबासलाई व्यवस्थित गर्न नीति निर्माण गर्न ढिला भइसक्यो, घरजग्गाको बिक्री त सधैँ चलिरहन्छ तर समस्यामै परेर बेच्नुपर्ने अवस्थामा नपुगोस् कारोबार, डेभलपर्सहरुले पनि व्यवसाय चलाउनुपर्छ, आममान्छेले पनि तनावमुक्त बसोबासको सुविधा पाउनुपर्छ ।
 

 
 
यसरी कुरुप भयो सहर ' सहरका कुरा '
सहरमा बस्नेहरुको दिनचर्या प्रायः व्यस्त नै हुन्छ । कामको हतारमा भीड छिचोलेर अगाडि बढ्न कुनै युद्ध जिते समान छ आज । यो दिनचर्या, यो व्यस्तता र यो भीडमाझ कति मानिस होलान् जो सहरप्रति खुसी छन् ?
यहाँको सडक, सरसफाइ, यातायात, यहाँको कानुन कतिलाई खुसी लाग्छ होला आपूm बसेको सहर देखेर ? सहरमा सबैको आफ्नै घर त हुँदैन, कोठा भाडामा लिएर बस्नु बाध्यता मात्र नभएर सहरको विशेषता पनि हुन सक्छ । तर जो बाहिरबाट एकपटक काठमाडौँ आउँछ, उसले यो सहरलाई विनाहिचकिचाहट कुरुप भन्छ भन्नेमा शंका छैन ।

सडक र सवारी
न्युरोडमा विशालबजार निर्माण गर्ने वेला नेपालमै पहिलोपटक अन्डरग्राउन्ड पार्किङको कन्सेप्ट ल्याउँदा धेरै मान्छे हाँसेका थिए रे काठमाडौँमा कहाँबाट यति धेरै गाडी आउँछ र यस्तो गर्नुप¥यो भनेर । आज न्युरोडमा व्यापार घट्यो भन्ने समाचार दिनानुदिन आइरहेछ । कारण एउटै छ, पार्किङको अभाव । विशाल बजार दीर्घकालीन सोचको एउटा उदाहरण हो । तर के नेपालमा सय वर्ष पहिले आजको नेपालको कल्पना गर्न सक्ने कोही थिएनन् ? थिए भने राजधानीको हालत यस्तो किन ? किन राजधानी दिनानुदिन कुरुप बन्दै छ ? कारण के हो त ?
काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै राज्य हुँदा हालका दरबार स्क्वायर क्षेत्रहरुमा वस्ती बाक्लो थियो, त्यही नै सहर थियो । नेपाल एकीकरणपछि विस्तारै बस्तीहरु अन्य ठाउँमा बस्न लाग्यो । एक टोलबाट अर्को टोलमा जाने गोरेटो बाटो वस्तीको विस्तारसँगै व्यस्त बन्न लाग्यो र त्यही बाटो पछि रोड बन्यो । विभिन्न कालखण्डमा नीति नियम बन्ने क्रममा सडकसम्बन्धी केही नीतिहरु बने तर त्यो दीर्घकालीन सोच बोकेको नीति थिएन । सहर व्यवस्थित हुन सडक नै महत्वपूर्ण विषय हो । एक त सडक साँघुरो छ, अर्को आम मान्छेमा सडकप्रतिको सोच गलत छ । यो कसरी भने हामी आफ्नो घरअगाडि पार्किङ गर्न पाउनुलाई अधिकार मान्छौँ तर के सार्वजनिक स्थलमा पार्किङ गर्न पाइन्छ र ? चाहे त्यो स्थल हाम्रो आफ्नै घर अगाडि किन नहोस् । सडक सार्वजनिक सम्पत्ति हो र यसलाई जोगाउनुपर्छ भन्ने भावनाको विकास सडक चौडा पार्ने कामभन्दा बढी महत्वपूर्ण हुन्छ । किनकि हालको कलंकी क्षेत्रमा भइरहने ट्राफिक जाम त्यहाँको सडकको कारण नभई व्यवस्थापनको कमजोरीले हो । कलंकी क्षेत्रमा सडक अन्य ठाउँको तुलनामा निकै चौडा छ ।
सडकलाई बसपार्क बनाएर निर्धक्क सवारी पार्किङ गरिएको कारण पछाडि सयौँ सवारी साधन जाममा पर्छन् तर पार्किङ गरिएको सवारी साधनको चालकलाई मैले गर्दा सयौँले दुःख पाइरहेका छन् भन्ने हेक्कासम्म हुँदैन । काठमाडौँका सडकमा देखिने ट्राफिक जाम हेर्ने हो भने कुनै कारण विनाकै हुन्छ । या त सिटी बस पार्किङ गरिएकाले या त सवारी चालकको विवादले यस्तो जाम हुने गर्छ ।
र, सहरमा यो पनि देखिन्छ कि ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले चेकिङका नाममा सयौँलाई जाममा राखिदिन्छन् व्यवस्थापन सबै क्षेत्रमा कमजोर छ । गल्ती गर्नेहरु सबै क्षेत्रमा छन् । विना लाइसेन्स सवारी चलाउनेहरु होलान् तर नेपालमा सवारी चालक अनुमति (लाइसेन्स) ट्राफिक पुलिसलाई देखाउनैका लागि बनाइन्छ जस्तो गरी जथाभावी चेकिङले पनि केही हदसम्म आम मान्छेमा समस्या त पर्छ नै । सार्वजनिक सवारीको व्यवस्थापन हुन नसक्नाले एक त देशमा निजी सवारीको संख्या बढ्दो छ अर्को इन्धन खपतमा अरबौँ रुपैयाँ बाहिरिँदै छ । सार्वजनिक सवारी साधन व्यवस्थित हुने हो भने घरबाट अफिस र अफिसबाट घर आवतजावत गर्नेलाई निजी सवारी साधनको आवश्यकता पर्ने थिएन ।

फोहोर व्यवस्थापन
सहरी क्षेत्रमा मानिसहरुको बसोबास बढ्दै जाँदा फोहोर व्यवस्थापनको विषय जटिल बन्दै जानु स्वाभाविक हो । तर, राजधानी जस्तो सहरमा फोहोर व्यवस्थापनमा देखिएको यो समस्या दिनानुदिन जटिल बन्दै गइरहेछ । दीर्घकालीन सोचका साथ फोहोर व्यवस्थापन गर्न न नगरपालिका लागिरहेको छ, न सरकार न त निजी क्षेत्र त्यस्तो व्यवस्थापन गराउन लागिपरेको छ । यदि यही हालत चलिरहने हो भने आगामी दुई–चार वर्ष त फोहोर व्यवस्थापनको समस्या टुंगिने अवस्था देखिँदैन । देशका अन्य सहरभन्दा काठमाडौँ बढी फोहोर छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्नेको संख्या धेरै भएकैले फोहोर व्यवस्थापनमा समस्या आएको भने पक्कै होइन । आम मान्छेमा घरबाट निस्कने फोहोर व्यवस्थापनसम्बन्धी चेतना छैन भने नगरपालिका जस्तो जिम्मेवार संस्था फोहोर व्यवस्थापनमा संवेदनशील देखिँदैन । अझ जटिल समस्या त यो पनि छ कि राजनीतिक पार्टीहरुले फोहोर व्यवस्थापन जस्तो विषयमा राजनीति गर्छन् । कयौँ दिन सहरका चोकचोकबाट फोहोर उठ्न पाउँदैन । हाल काठमाडौँ उपत्यकाको मुख्य समस्या फोहोर व्यवस्थापन नै भएको छ ।

अव्यवस्थित निर्माण
देशका हरेक साना–ठूला सहर अव्यवस्थित छन्, त्यसमा सडक फोहोरमैला र अव्यवस्थित निर्माणले मुख्य भूमिका खेलेका छन् । फोहोर व्यवस्थापन आज नभए भोलि गर्न सकिन्छ । कच्ची सडक पिच गर्न सकिन्छ तर यदि सहरमा अव्यवस्थित निर्माण गरिएको छ भने त्यो नै सहर व्यवस्थित गर्नमा आउने मुख्य चुनौती हो । सहरमा विशेषत व्यापारिक भवनहरु र बसोबासका लागि घर निर्माण गर्नेसम्बन्धी सरकारी नीति हालसम्म पनि त्यस्तो बन्न सकेन जसले दीर्घकालीन सोच बोकेको होस् ।
नेपालमा कुनै पनि सहर बसाल्नुअघि त्यसको डिजाइन गरिएन । सबै सहरहरु परम्परागत रुपमा बसोबासको चाप बढेरै बनेका छन् । विशेष गरी राजधानीजस्तो सहर आजको अवस्थामा रहनुले यो कुराको पुष्टि गर्छ कि यो सहर बिना डिजाइन बनेको छ । हाल बसोबासका हिसाबले व्यस्त सहर विना योजना आजको अवस्थामा आइपुग्दा यहाँ पानी, बत्ती, ढल निकास र सडक समस्याहरु झेल्न बाध्य छन् सहरवासीहरु ।
काठमाडौँ उपत्यकामा कति घर छन् भन्ने यकिन तथ्यांक नगरपालिकासँग पनि छैन । तर, नगरपालिका नै उच्च कर्मचारी उपत्यकामा ८० प्रतिशत घरहरु मापदण्डविपरित बनेका छन् भन्छन् । यदि यस्तो हो भने सानोतिनो प्राकृतिक विपत्ताका वेला पनि हामीले ठूलो क्षति बेहोर्नुपर्ने छ । सहरी क्षेत्रमा हुने आगलागीबाट हुने गरेको क्षति हेर्ने हो भने त्यहाँ समयमा दमकलसम्म पुग्न नसकेर भएको देखिन्छ । यति ठूलो संख्यामा मानिसहरुको बसोबास रहेको क्षेत्रमा एउटा दमकल वा पानी ट्यांकर सहजै आवतजावत गर्ने सडक नभएपछि त्यो बसोबास क्षेत्रलाई कुन आधारमा मूल्यांकन गर्ने हो ? सहर भनिने कतिपय दुर्गम गाउँजस्ता सुविधाबाट बञ्चित भएका देखिन्छन् यहाँ । काठमाडौँको असन र आसपासका क्षेत्रले आपैmँ महत्व बोकेका भए पनि त्यो ठाउँ बसोबा र व्यवसायिक हिसाबले अत्यन्तै संवेदनशील क्षेत्र हो । केही गरी आगलागी भइहाल्यो भने नियन्त्रण गर्ने कुनै उपाय हुँदैन त्यस क्षेत्रमा । सरकारले जग्गामा व्यक्तिको स्वामित्व र निर्माणमा मापदण्ड बनाउन नसक्दा अंशवण्डा हुँदै जाँदा एक आना जग्गामा घर निर्माण भइरहेको देखिन्छ । त्यस्ता घरहरु न त सुविधासम्पन्न हुन्छन् न त्यसले सहरलाई सुन्दर नै बनाउँछन् । राजधानी र देशका अन्य सहरका मुख्य चोकहरुमा यस्ता अव्यवस्थित निर्माण प्रशस्तै देख्न पाइन्छ । बसोबासको क्षेत्रमा अर्को मुख्य चुनौतीको विषय सडक च्यापेर बनाइने घर हो । नेपालका धेरैजसो ठाउँमा निर्माण गरिसकेका घरहरु सडकका कारण भत्काइएको छ । यसो गर्दा अरबौँ रुपैयाँ निर्माण गर्दा र फेरि भत्काउँदा त्यस्तै ठूलो रकम खर्च हुने गर्छ । त्यो मात्र होइन किनवेच गरिएका कयौँ घरहरु सडकमा पर्छन् र व्यक्ति सुकुम्बासी बन्छ । अव्यवस्थित निर्माणले सहर कुरुप हुनुका साथै व्यवस्थि तगर्न खोज्दा अरबौँ रुपैयाँको नोक्सान बेहोरिरहनुपरेको छ ।
हाल सहरी क्षेत्रमा विकास भइरहेका हाउजिङ कोलोनीमा बसोबास गर्नेहरु बाहिरभन्दा व्यवस्थित महसुस गरिरहेका छन् । व्यवस्थित बसोबास र सुन्दर सहर निर्माण गर्न अब पहलकदमी जरुरी देखिन्छ । होइन भने व्यवसायिक सहर र बसोबासयुक्त क्षेत्रहरु सबै अव्यवस्थित रहिरहने र यो क्रम भविष्यमा अभैm बढ्ने देखिन्छ ।