Friday, July 4, 2014

यसरी भइयो ब्राजिलको सपोटर


               
 बिश्वकप अनुभब
              १९९८ को बिश्वकप फुटबल सुरुभएपछि आदमघाटका राजन श्रेष्ठ (राजन सर) ले एण्टिना मार्पmत जेनेटर चलाएर फुटबलको फाइनल खेल देखाउने भए । आदम घाट बजारमा बिजुलि थिएन । टिभी हुनेत झन कुरै भएन उनकोमा भने टिभी थियो । म ९ कक्षामा पढ्दाको कुरा हो त्यो । मैले टिभी खासै राम्रो संग देखेको थिइन । टिभीदेख्न पाइने भो, फुटबल हेर्न पाइने भो, जे हुने भो गजबै हुने भो । मन बडा चन्चल हुदै थियो ।
म आदम घाट बजाारमा नै डेरा लिएर बस्थे पुस्पराज निको घरमा जसलाई रबरघारी भनिन्थ्यो । त्यहा रबरका निकै रुखहरुथिए फुलबारी बगैचा राम्रो थियो । बस्नका लागी अति सुन्दर ठाउँ थियो त्यो । त्रिशुलि सुसाएको  आवाज निरन्तर आइरहने त्यो ठाऊँमा हामीलाई म्याथ पडाउने लोहोनी सर संगको बसाई रमाइलो थियो । युबराज म र लोहोनी सर बेलुकी पख खुब गफ गरेर बस्थ्यौ । लोहोनी सर कान्छि श्रीमती संग बस्नुहुन्थ्यो । गाउमा मैले खासै फुटबल खेलीन । खेलेकै भएपनि मोजाको बल भन्दा बढी तेतीखेर उपलब्ध थिएन न त खेल मैदाननै थियो । मैले भलिबल भने खुब खेले । बिश्वकपको सीजनमा जसरी फुटबलको ज्वरो चडेको हुन्छ त्यसरीनै हामी सधै भलिबलमा लागीरहेका हून्थ्यौ । तर पनि म राम्रो खेलाडी थिईन ।
                   फ्रान्स र ब्राजिल बिचको खेल रहेछ त्यो । आदमघाट भरीका मान्छे जम्मा भएका थिए त्यहाँ । १४ इन्चको रंगीन टिभी थियो सायद त्यो । त्यो खेलमा पहेलो गन्जी लगाएका ब्राजीलीएनहरु र निलो गन्जीलगाएका फ्रान्सेलीहरु थिए । ब्राजीलका रोनाल्डो र फ्रान्सका किपरले कपाल पुरै खौरेका थिए । मैले पहिलो पल्ट बिश्वकप फुटबल खेल हेरेको थिए त्यो पनि फाइनल । त्यो खेल हेरीरहदा हेर्नेहरु सबै रोनाल्डोको कुरा गर्थे । मलाइ फुटबलको बिश्वकप हेर्नु नौलो कुरा थियो । तेती धेरै मान्छेको बिच टिभी हेर्नु नौलो कुरा थियो । सबैभन्दा अनौठो थियो फुटबलको बारेमा धेरैकुरा नजान्नु र अरु कराउदा संगै कराउनु । कपाल खौरेको रोनाल्डोको खुट्टामा बल पर्ने बित्तीकै सबैजना जोर जोरले कराउथे । कराउने मध्ये कतिचाही फुटबल बुझेका पनि हुन्थे सायद तिनीहरुले पहिलेका बिश्वकप पनि हेरेका थिएहोला । कति भने म जस्तै अरुको स्वरमा स्वर मिलाउथे ।
              तेतीखेरको सबैभन्दा खतरनाक खेलाडी रोनाल्डो रैछ भन्ने बुझियो । खेलमैदानको छेउको रेखाबाट बल अगाडी बडाउदै बडा फुर्तिका साथ दौडने कपाल खौरेको ठिटो ब्राजीलको पो रहेछ । अनित फुटबल खेलको सबैभन्दा राम्रो खेलाडी रोनाल्डो नै हो भन्ने मनमा छाप बसीहाल्यो । पेलेको बारेमा पहिलेनै केही सुनिएको थियो । उनि पनि त ब्राजीलकै पो रहेछन त । पेले पनि ब्राजीलका, रोनाल्डो पनि ब्राजीलका अनित लाग्न थाल्यो फुटबल भनेको ब्रजिल रैछ , ब्राजील भनेको फुबल रैछ । तेसपछि फुटबलको कुरा गर्दा फुर्तिका साथ ब्राजीलकोे कुरा गर्न थालियो । रोनाल्डोको कुरा गर्न थालीयो, पेलेको कुरा गर्न थालियो । ब्राजीलको नाम सुन्दा पनि मलाई पनि केही थाहा छ तेसको बारेमा भन्ने लाग्न थाल्यो । तेइ पेलेको देश त होनी, तेई रोनाल्डोको देश त होनि भन्न थालियो । पछि ब्राजीलमा रोनाल्डीनो,रोबर्टो कार्लोस ,काफु, डुंगा जस्ता खेलाडी पनि रैछन भन्ने थाहा भयो । अनित पुटबल खेलको कुरो आयोकी ब्राजीलले  जिते खुसी लाग्ने अरुले जिते त ठिक छ तर ब्राजीललाई हराएर जित्न भएन ।
                 आजका दिनमा राती निद्रा मारेर जब फुटबल हेर्छु यतिका अरु पनि देश फुटबल खेल्छन मलाई भने किन ब्राजीलनै मन पर्छत ? यो प्रश्न मनमा खेल्नु स्वभाविक हो तर फेरी आफुले आपैmलाई उत्तर दिन्छु .. तेरो फुटबलको पहिलो हिरो रोनाल्डो थियो र उ ब्राजीलको थियो नि त... तेसैले तँ ब्राजीलको सपोटर्स होस । यसो सोच्छु हो तनी हगी । म ब्रजीलले जिते पनि उसको सपोटर, हारेपनि उसैको सपोटर । हाल त्यो देशमा एउटा नेइमार भन्ने बडा फुर्तिलो केटो छ । आशा छ यसपाली उसले ब्राजीलियन हरुको मन नित्ने छ । बाँकी कुरोत यो एउटा खेल न हो ।
 
                      ब्राजील जलस्रोतको धनि देश हो । खेलाडीहरुको देश हो , साम्बा नाचको देश हो । यो देशको नाम ब्राजील कसरी रहन गयो त ? सुनेको कुरो यस्तो छ ..... यो देशका प्रायः केटीहरु शरीरको माथील्लो भागमा ब्रा मात्र लगाउछन् र यो देखेर दुनिया जिल्ल पर्छ । उनिहरुको ब्राले दुनियालाई जिल्ल पार्ने भएकाले यो देशको नाम ब्राजिल रहन गयो रे ................  

No comments:

Post a Comment