Friday, August 30, 2013

इन्टेरियर डिजाइनिङमा मेघा



समयसँगै आफ्नो घर कसरी अन्यको भन्दा फरक र सुन्दर बनाउने भन्ने विषयको महत्व बढिरहँदा घरभित्रको सजावटलाई विशेष चासोका रुपमा हेरिन थालिएको छ, आजकल । घरमा होस् वा अफिसमा थोरै ठाउँको भरपुर उपयोग र आकर्षण मुख्य विषय हो । हुन त घर वा अफिस बनाउने जोकोहीले त्यसको उपयोग र सजावट आफ्नो हिसाबले पनि गर्न सक्छन् तर त्यसरी गरिएको सजावट के वास्तवमै समय र ठाउँ सुहाउँदो हुन्छ त ? नहुन सक्छ । त्यसैले यस्ता कामका लागि हाल सहरमा व्यवसायिक रुपमा काम गर्ने अनुभवी कम्पनीहरु छन् जसले ठाउँ, समय र खर्चअनुसारको डिजाइन तयार पारी घरअफिसलाई सुन्दर बनाउन मद्दत गर्छन् ।
मेघा पोखरेलले भविष्यमा इन्टेरियरको बजारमा व्यवसायको सम्भावना देखेर दुई वर्ष उक्त विषय पढ्न मात्र खर्च गरिन् । यो आजभन्दा ६ वर्षअघिको कुरा हो । इन्टेरियरको बजार र डिजाइनर्सहरुको त्यति ठूलो माग नभएको त्यो समयमा पनि उनले यो क्षेत्रमा हात हालिन् । उनको अन्दाज सही निक्लियो हाल इन्टेरियर डिजाइनिङको महत्व बढ्न थाल्यो । व्यवसाय गर्ने जोकोहीले आज सानो पसल खोल्नदेखि ठूला अफिस खोल्दा इन्टेरियर डिजाइनरलाई खोज्न थाले । यही क्रममा मेघाको दिनचर्या पनि व्यस्त हुन लाग्यो । घर, अफिस, बुटिक, हस्पिटलजस्ता क्षेत्रमा काम गरिरहँदा हाल मेघासँग आपूmले डिजाइन गरेको त्यस्ता ठाउँहरुको लामो लिस्ट छ ।
नेपालमा हाउजिङ अपार्टमेन्टको क्षेत्रमा समस्या नआइदिएको भए इन्टेरियरको बजार हालको भन्दा केही राम्रो हुन्थ्यो भन्ने पनि लाग्छ उनलाई । तर, अर्को एउटा कुरा पनि छ, त्यो के भने अहिले इन्टेरियर डिजाइनिङको क्षेत्रमा काम गर्नेहरुको पहिलो टार्गेट हाउजिङ अपार्टमेन्ट नै हो ।
कामको व्यस्तता कस्तो छ त भन्ने प्रश्नको जवाफमा मेघा भन्छिन्, ‘व्यस्तताले तनाव दिएको पनि छैन न त फुर्सदले विरक्त्याएको । डिजाइनिङमा नयाँनयाँ प्रविधि पनि आइरहेको समयमा अरुको घरमा जस्तै सोफा डिजाइनिङ गर्नुलाई कपी मात्र भन्ने हो । हामीले नयाँ दिनुपर्छ, त्यसले आफ्नो काम देखिन्छ । कपी गर्ने हो भने त बजारमा पनि सामान किन्न पाइन्छ, नयाँ डिजाइन किन गर्नुप¥यो ?’ मेघाको यो भनाइले डिजाइनिङ आर्ट हो र हरेक व्यक्तिले यसलाई आफ्नो हिसाबले काममा उतार्छ भन्ने बुझ्न सकिन्छ ।
इन्टेरियरको बजारमा आफ्नो काम र नाम बढ्दै जाँदा हाल काठमाडौँको ज्ञानेश्वरमा डिजाइनो इन्टेरियर नामक अफिस छ– मेघा र स्मृतिको । स्मृति र मेघा दुवैको संयुक्त लगानी र दुःख परेको छ आज उनीहरुले गरेका कामको हरेक डिजाइनमा । स्मृति मेघाकी साथी हुन्, उनीहरु दुवैले हाल अफिस कम्प्लेक्समै डिजाइनो प्रकृति झल्काउने मक अप तयार गरेका छन् । जहाँ घर, अफिसलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने सबै उदाहरण दिन उनीहरुले बोलिरहनु पर्दैन हेर्ने जोकोहीले बुझिहाल्छ स्मृति र मेघाको डिजाइन गर्ने क्षमतालाई । मेघाको भनाइमा ५÷६ वर्षको अवधिमा काम गर्दाको अनुभवले अब आफ्नै अफिसमा मकअप पनि तयार गर्नुपर्ने आवश्यकता महसुस भयो । र, सो तयार गरेका हुन् । ‘जसले हामीसँग काम गर्न चाहन्छन्,’ मेघाले भनिन्, ‘उनीहरुलाई एकपटक हाम्रो मक अप हेर्न लगाउँदा हामीले गर्ने कामको क्वालिटी प्रस्ट हुन्छ ।’ स्मृतिको पनि यस विषयमा यही राय छ कि काम गर्दा दुवै पक्ष एक अर्काप्रति विश्वस्त हुनु जरुरी छ । ‘हामी इन्टेरियरको क्षेत्रमा कस्तो प्रोफाइल बनाइरहेका छौँ भन्ने कुरा अब हाम्रो मकअपले पनि प्रस्ट पार्छ,’ उनले थपिन् ।
हाल नर्भिक अस्पतालको काममा व्यस्त रहेकी मेघालाई केही समय मिलाएर भेट्दा व्यवसायिक माहोलप्रति गुनासो गर्न पनि पछि परिनन् । गुनासो के त ? मेघाको विचारमा हाल आफ्नो व्यवसायको बजारमा कोसँग प्रतिस्पर्धा गरिरहेको हो भन्ने प्रस्ट छैन । जो पनि हामी राम्रा हौँ मात्र भन्छन् । वास्तवमा व्यवसायिक हिसाबले सम्बन्धित क्षेत्रमा ज्ञान हासिललाई मात्र यो क्षेत्रमा चिनाइनुपर्ने हो । कसैले फर्निचरको शोरुम खोल्दैमा ऊ डिजाइनर हुन सक्दैन । डिजाइनरले शोरुम खोल्न सक्दैन भन्नेचाहिँ होइन तर हामीजस्ता तन, मन लगाएर यही क्षेत्रमा लागेकाहरुको आफ्नै पहिचान हुन जरुरी छ । होइन भने हाम्रो महत्व के ? उनको यो प्रश्नले समग्र व्यवसायलाई मर्यादित बनाए मात्र व्यक्तिले हासिल गरेको ज्ञानको महत्व रहने होइन भने कुनै पनि क्षेत्रमा विज्ञ वा अनुभवी भन्ने जो पनि हुने र कोही पनि नहुने अवस्था आउन सक्ने संकेत गर्छ ।
हरेक क्षेत्रमा कुनै न कुनै समस्या त भइहाल्छ । इन्टेरियरको क्षेत्रमा समस्या छ भने समाधान के छ ? स्मृति र मेद्दाको एउटै जवाफ छ, ‘पैसा हुनेले सबै काम आपैmँले जानेको हुन्छ भन्नु गलत कुरा हो । र, समस्या समाधानतर्पm उन्मुख हुन्छ जब सेवाग्राही आपैmँ सचेत हुन्छन् । बजार बिगार्नेहरु सक्रिय रहेका वेला यदि कसैले सोचेभन्दा सस्तोमा काम गरिदिन्छु भन्यो भने त्यसको पछि लाग्दा काम नराम्रो हुन सक्छ । आपूmसँग भएको बजेटमा पनि गुणस्तरीय काम हुन्छ । पाँच हजारको काममा कम दिमाग र दुई लाखको काममा बढी दिमाग चलाउने होइन, दुवै मूल्यका कामको महत्व बराबर छ र मिहिनेत पनि उस्तै ।
घर वा अफिसमा इन्टेरियर गर्नु भनेको नयाँ ठाउँमा मात्र काम गर्नु भन्ने होइन । हाल मेघा र स्मृति पुरानो ठाउँलाई नयाँ बनाउने काममा पनि उत्तिकै सक्रिय छन् । हाल बजारमा पुरानो घरलाई नयाँ लुक्स दिने चलन झन् बढेर गएको छ ।
डिजाइन गराउनुप¥यो भन्ने डिजाइनरलाई बोलाउने, डिजाइन माग्ने अनि सम्पर्क नगरी आपैmँ काम गर्ने मान्छेहरुको स्वभावबाट कहिलेकाहीँ दिक्क हुने मेघालाई त्यस्ताहरुसँग कसरी बच्ने भन्ने पनि थोरैतिनो ज्ञान अब भइसक्यो । यस्तै अनुभवका कुरा गरिरहँदा कहिले उत्तेजित हुन्छन् त कहिले हाँस्छन् मेघा र स्मृति । यो उनीहरुले आपूmलाई र आफ्नो कामलाई निखार्दै लैजाँदा समेटेका राम्रा÷नराम्रा पक्षहरु हुन् आफ्नो कामको । यस्तै अनुभवले सिकाउँछ हरेकलाई, उनीहरुलाई जस्तै ।

 

No comments:

Post a Comment